राष्ट्रिय कविता महोत्सव स्थगित
कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो ।
महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता जेठ २५ गतेसम्म पठाउन भनिएको थियो । कार्यक्रम स्थगित भएपछि तोकिएको मितिमा प्राप्त कवितालाई एकत्रित गरेर गोप्य लाहाछापसहित खामबन्दी गरी सुरक्षित राखिएको प्रतिष्ठानले जनाएको छ ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले कोरोनाको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्नुभन्दा अगाडि यीमध्ये कुनै कविता प्रकाशन, प्रसारण वा कुनै पनि माध्यमबाट सार्वजनिक भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने र कार्यक्रम पूर्व प्रकाशन, प्रसारण वा सार्वजनिक भइसकेको प्रमाणित भएमा सम्बन्धित कवितालाई पुरस्कृत सूचीबाट हटाइने जानकारी दिए ।
महोत्सवका लागि पाँच सय दुई कविता प्राप्त भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार