भारत–चीन विवादबारे बोल्यो नेपाल, विवादको शान्तिपूर्ण समाधान खोजिनेमा विश्वास
काठमाडौं । भारत र चीनबीच गलवान उपत्यकामा निम्तिएको द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीय रुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘देशहरुबीचको विवाद शान्तिपूर्ण ढंगले समाधान हुनुपर्छ भन्ने नेपालको मान्यता छ । क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैं बलियो रुपमा उभिएको छ । गलवान उपत्यका क्षेत्रमा हाम्रा दुई छिमेकी भारत र चीनबीच भइरहेको पछिल्लो विकासबारे नेपाल विश्वस्त छ कि दुई छिमेकी देशले असल छिमेकीको भावनाले आपसी भिन्नतालाई शान्तिपूर्ण ढंगले दुई पक्षीय रुपमा समाधान गर्नेछन् र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरता स्थापित गर्नेछन् ।’
यसअघि गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए । चीनतर्फ पनि ठूलो संख्यामा सैन्य क्षति भएको दाबी भारतीय सञ्चारमाध्यमले गरेपनि यस विषयमा चीनले केही बोलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का