शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारको विरोधमा शहिदगेटको सडकमै सुते युवाहरु (तस्बिरहरु)

शनिबार, ०६ असार २०७७, ११ : ५७
शनिबार, ०६ असार २०७७

काठमाडौं । सरकारको विरोधमा युवाहरुले शनिबार पनि प्रदर्शन गरेका छन् । शनिबार राजधानीको शहिदगेट क्षेत्रमा भेला भएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्याशैलीको विरोध गर्दै सडक तथा फुटपाथमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । 

सरकारको विरोधमा स्वस्फुर्त आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन सडकमा सुतेर प्रदर्शन गरेका हुन् । 

सो क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार उदाशिन बनेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको, बेसारको महिमा गाएर सरकारले कामचाहिँ नगरेको भन्दै असन्तुष्टि जनाउने प्लेकार्ड समेत बोकेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप