बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा एकै दिन १७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

शनिबार, ०६ असार २०७७, ०८ : ३०
शनिबार, ०६ असार २०७७

कैलाली । एकै दिन थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि  सुदूरपश्चिम प्रदेशमा सक्रिय संंंक्रमितको संख्या ६ सय ४२ पुगेको छ । शुक्रबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षणबाट १ सय ५१, सेती प्रादेशिक अस्पतालबाट १२, भेरी अस्पतालबाट १ र महाराजगञ्ज अस्पतालको प्रयोगशालाबाटको गरिएको परीक्षणबाट ७ जारी गरी १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि भएकामध्ये कैलालीका ४१ पुरुष र १४ महिला, कञ्चनपुरका १ पुरुष, अछामका ६ पुरुष र २ महिला, बैतडीका ६० ुपरुष र ८ महिला, बाजुराका ८ पुरुष छन् । त्यसैगरी डडेल्धुराका ९ पुरुष, डोटीका १६ पुरुष र ३ महिला, बझाङ्गका २ पुरुष र १ महिला रहेको सामाजिक बिकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो ।

यस अघि नै १२४ जना संक्रमित निको भई घर गईसकेका छन भने ४ जना संक्रमितको मृत्यु भई सकेको छ । यो प्रदेशमा हाल सम्म १०२४५ जनाको पिसिआर बिधिवाट जाच गरिएका मध्ये ९४७५ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । ४७५९ जनाको रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । आरडिटी बिधिवाट ८६५१५ जनामा परीक्षण गरेको छ ।

कोभिड–१९ का संक्रमित मध्ये हालसम्म अछाममा  ५९, बैतडीमा १२०, बझाङ्गमा १९, बाजुरामा ६९, डडेल्धुरामा १३१, दार्चुलामा १२, डोटीमा ५७, कैलालीमा २०८, कञ्चनपुरमा ९५ गरी ७७० जना फेला परेका छन् । यसमध्ये १२४ जना निको भई घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भएको छ ।

३०२१२ पुरुष र ६९९३ जना महिला  क्वारेन्टिनमा रहेका छन् । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ४० र संक्रमित १४० गरी १८० जनाको  उपचार भईरहेको उनले वताए । ४४३ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा १७, टिकापुरमा २३, महाकालीमा ३५, अछाममा १०, बझाङ्गमा १, डोटीमा ३, बाजुरामा २, डडेल्धुरामा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप