बराबरीमा रोकियो बार्सा, उपाधि होड खुला
साबिक विजेता बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस ला लिगामा उपाधि होड खुला भएको छ । आठ खेल बाँकी छँदा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ ।
तर, एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल गरे बार्सासँग अंक बराबरी गर्न सफल हुनेछ ।
शुक्रबार भएको उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेको सेभियाले बार्सिलोनाको आक्रमणलाई फितलो बनाएको थियो । कप्तान लियोनेल मेस्सीको फ्रिकिक बारमा ठोक्किनु बाहेक बार्सिलोनाले खेलमा सेभियाको रक्षापंक्ति तोड्दै खासै अवसर सृजना गर्न सकेन ।
खेलको अन्तिम मिनेटमा लुइस सुवारेजको सुवारेजको प्रहार पनि खेर गरेको थियो । सेभियाका लुकास ओकाम्पोसको प्रहार पोष्टमा लागेको थियो भने मुनिर एल हडिडीको प्रहारलाई बार्साका गोलकिपर टेर स्टेगनले विफल पारेका थिए ।
३० खेलपछि बार्सिलोनाको ६५ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको सेभियाको ५२ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन