सांसद सरिता गिरीलाई राज्यविरुद्धको कसुरमा कारबाही गर्न उजुरी

काठमाडौं । सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहिरी परेको छ । अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहरी दिएको हुन् ।
शुक्रबार दिउँसो ५ बजे उजुरी दर्ता पनि भइसकेको छ । अदालतले पक्राउका लागि अनुमति दिएपछि प्रहरीले पक्राउ गर्नेछ । सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो ।
त्यसपछि सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराइन् ।
सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिएको थिए ।
सांसद गिरीबाट राष्ट्रिय एकतामा खलल पार्ने काम भएको भन्दै कारबाहीका लागि उजुरी गरेको छ । गिरीमाथि कसुर ठहर भए मुलुकी अपराध संहिता, २०७४ ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको जन्मकैदका सजाय भोग्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बुँदे निष्कर्षका साथ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
-
अन्तरिक्षमा महिनौं फसेका सुनिता र बुचले कति पाउँछन् क्षतिपूर्ति ?
-
रिक्त ६ एआईजीमा बढुवाका लागि तीव्र प्रतिस्पर्धा
-
८ महिनामा ४२ अर्बको खाद्यान्न आयात, चामलमा मात्रै १२ अर्ब खर्च
-
तेल कम्पनीको मानमर्दन मामिलाः ग्रिनपिसलाई ६६ करोड डलरभन्दा बढी जरिवाना
-
भन्सार बिन्दुबाट ३ खर्बभन्दा बढी राजस्व संकलन