सांसद सरिता गिरीलाई राज्यविरुद्धको कसुरमा कारबाही गर्न उजुरी
काठमाडौं । सांसद सरिता गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा जाहिरी परेको छ । अधिवक्ता त्रय सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले सांसद गिरीलाई राज्य विरुद्धको कसुरमा कारबाहीका लागि जाहरी दिएको हुन् ।
शुक्रबार दिउँसो ५ बजे उजुरी दर्ता पनि भइसकेको छ । अदालतले पक्राउका लागि अनुमति दिएपछि प्रहरीले पक्राउ गर्नेछ । सांसद गिरीले संसद् बैठकमै नेपालले भारतलाई नसोधी नक्शा जारी गरेकाले त्यसको औचित्य नभएको बताएपछि चौतर्फी आलोचना भएको थियो ।
त्यसपछि सांसद गिरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न गरिएको संविधान संशोधन विधेयक खारेजीको मागसहित संशोधन दर्ता गराइन् ।
सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरिदिएको थिए ।
सांसद गिरीबाट राष्ट्रिय एकतामा खलल पार्ने काम भएको भन्दै कारबाहीका लागि उजुरी गरेको छ । गिरीमाथि कसुर ठहर भए मुलुकी अपराध संहिता, २०७४ ४९ को ५ (क) उपदफा (१) वा (२) बमोजिमको जन्मकैदका सजाय भोग्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रामक खबर र अवैध चिकित्सा अभ्यासप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल र मन्त्रीले जवाफ दिने समय तय
-
दाइको हत्या गरी भारततर्फ भाग्दै गरेका विनोद कोहलपुरबाट पक्राउ
-
बजेटको प्राथमिकता र कार्यान्वयनमा सांसदहरूको प्रश्न
-
फिल्म ‘पेन्सन पट्टा’ को फर्स्टलुक सार्वजनिक
-
‘लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण