शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिवंगत नायकको सम्झनामा श्रीमतीले लेखिन्, ‘मेरो गर्भमा हुर्किरहेको यो सुन्दर चमत्कारका लागि सदा आभारी छु’

शुक्रबार, ०५ असार २०७७, १२ : ५६
शुक्रबार, ०५ असार २०७७

दिवंगत कन्नड स्टार चिरञ्जिवी सरजाकी श्रीमती मेघना राजले आफ्ना श्रीमानका लागि निकै भावुक पोस्ट लेखेकी छिन् । चिरञ्जिवीको मृत्यु ७ जूनमा भएको थियो । उनको कार्डियक अरेस्टका कारण ३९ वर्षको उमेरमा निधन भएको हो ।

आफ्ना दिवंगत श्रीमानलाई सम्बोधन गर्दै उनी लेख्छिन्, ‘चिरु, मैले पुनः कोसिस गरेकी छु तर आफ्ना भावनालाई शब्दमार्फत् पोख्न सकिरहेकी छैन । तपाईं मेरो लागि को र के हो भनेर अर्थ्याउन संसारभरीका शब्द असमर्थ छन् । मेरो साथी, मेरो प्रेमी, मेरो बच्चा, मेरो विश्वासपात्र, मेरो श्रीमान् । र यी सबैभन्दा माथि तपाईं मेरो आत्माको एउटा हिस्सा हुनुहुन्छ, चिरु ।’

उनी थप्छिन्, ‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिन भनेर जब सोच्छु तब अत्यन्त पीडा महसुस हुन्छ । मेरो मनमा एउटा डुब्दै गरेको भाव छ – अब म तपाईंलाई कहिल्यै छुन पाउने छैन । यो सोच मेरा लागि हज्जारौं मृत्यु सरह हो । जब म कमजोर महसुस गर्छु नि, तपाईं मेरा लागि एक ‘प्रोटेक्टिभ एन्जल’को रुपमा सधैं मलाई साथ दिन आइपुग्नु हुन्छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

CHIRU, I have tried & tried again but I am unable to put in words what I want to tell you. All the words in the world cannot describe what you mean to me. My friend, my lover, my partner, my child, my confidante, my HUSBAND- you are much more than all of this. You are a piece of my soul Chiru. An unfathomable pain shoots through my soul everytime I see the door and you don't walk in shouting "I am home". There is a sinking feeling in my heart when I can't touch you every minute of everyday. Like a thousand deaths, slow and painful. But then, like a magic spell I feel you around me. Every time I feel weak, you are around me like a guardian angel. You love me so much that you just couldn't leave me behind alone, could you? Our little one is your precious gift to me-a symbol of our love- and I am eternally grateful to you for this sweet miracle. I can't wait to bring you back to earth, as our child. I can't wait to hold you again. Can't wait to see your smile again. Can't wait to hear that infectious laughter of yours that lights up the entire room. I will wait FOR YOU and you wait FOR ME on the other side. You will live as long as I breathe. You are in me. I LOVE YOU.

A post shared by Meghana Raj Sarja (@megsraj) on

उनले आफ्नो गर्भमा हुर्किरहेको बच्चाबारे पनि लेखेकी छिन् । उनी थप्छिन्, ‘तपाईंले मलाई यति माया गर्नुहुन्छ कि मलाई कहिल्यै एक्लै छोड्न सक्नुहुन्नँ, होइन त ? हाम्रो सानो प्रेम मेरो लागि एक अनमोल उपहार हो । हाम्रो प्रेमको प्रतिक र यो सुन्दर चमत्कारका लागि तपाईंप्रति सदा आभारी छु । म तपाईंलाई हाम्रो बच्चाको रुपमा धर्तीमा फिर्ता ल्याउने प्रतिक्षा गरिरहेकी छु । म तपाईंलाई पुनः पाउनका लागि प्रतिक्षा गरिरहेकी छु । तपाईंको मुस्कानलाई पुनः हेर्नका लागि आतुर छु । तपाईंको त्यो हाँसो सुन्न प्रतिक्षा गरिरहेकी छु जसले पूरा कोठा उज्यालिन्थ्यो । म तपाईंको प्रतिक्षा गरिरहनेछु  र तपाईं पनि मेरो प्रतिक्षा गरिरहनुहोस् । जबसम्म म सास फेर्छु, तपाईं जिवित रहनुहुनेछ । तपाईं मभित्र अमर हुनुहुन्छ । आई लभ यू ।’

स्मरण रहोस्, चिरञ्जिवी सरजा र नायिका मेघना राजले सन् २०१८ मा विवाह गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप