‘सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्नेछु’ भन्दै युवतीले लगाइन् पासो
![‘सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्नेछु’ भन्दै युवतीले लगाइन् पासो](https://rpcdn.ratopati.com/media/albums/sushant1_LFglmehS44_ZtF22QIIct.jpg)
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि उनको परिवार र प्रशंसक अति विचलित भएका छन् । सुशान्तले आखिर किन यस्तो गरे भन्ने प्रश्न सबैमा खट्किएको छ । यसैबीच भारतको मध्य प्रदेशमा सुशान्त सिंहको नाम लिएर २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार ती युवतीले आत्महत्या गर्नु केहि घण्टा अघि मात्रै सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्नेछु भनेर भाउजुलाई बताएकी थिइन् ।
युवतीका भाइलाई उद्धृत गर्दै स्रोतले बताए अनुसार बिहान मात्रै युवतीले भाउजुसँग सुशान्त सिंह राजपूतले झैं आत्महत्या गर्छु भनेर ठट्टा गरेकी थिइन् । उनले भने, ‘जब उनले भाउजुलाई यसो भनिन् तब भाउजुले आजकाल तिम्रो धेरै मुख चल्न थालेको र यसबारे आमा र दाइलाई कुरा लगाइदिने भन्नुभएको थियो । आफूले ठट्टा मात्र गरिरहेको भन्दै उनी हाँसेर त्यहाँबाट गएकी थिइन् ।’
स्रोतका अनुसार पछि जब घरका सबै सदस्य आ–आफ्नो काममा व्यस्त भए तब उनले घरको छतमा गएर पासो लगाएकी थिइन् ।
युवतीकी आमा र भाउजुले उनलाई झुण्डिरहेको देखेपछि तत्काल डाक्टर बोलाएर अस्पताल पुर्याए, त्यहाँ उनलाई मृत घोषित गरियो । घटनाबारे प्रहरीलाई पनि जानकारी दिइएको छ ।
यस्तै, केहि दिन अघि बरेलीमा १० कक्षामा पढ्ने छात्रले सुशान्त सिंहको आत्महत्याको खबर टिभीमा देखेपछि आफूपनि पङ्खामा झुण्डिए । ती छात्रले आफ्नो सुसाइड नोटमा ‘सुशान्त सिंहले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिनँ ?’ भनेर लेखेको स्रोतले बताएको छ ।
यद्यपि, ती छात्रले आफ्नो सुसाइड नोटमा आफूमा तेस्रोलिङ्गीजस्तो लक्षण देखिएको र अनुहार पनि महिलाजस्तो भएकाले मानिसहरुले खिल्ली उडाउने गरेको पनि लेखेका थिए । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)
-
सुडान बन्यो विश्वकै भ्रष्टाचार हुने देश, नेपाल १०७ औँ स्थानमा
-
माओवादीको प्राथमिकतामा परेन एकता वार्ता समिति
-
जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान
-
सन्तान सम्बन्धको आँसु !