एमसीसीमा ओलीलाई साथ नदिने बामदेवको घोषणा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण दिएका छन् ।
उपाध्यक्ष गौतमले आफ्नो सचिवालयका सदस्य तथा प्रेस संगठनका नेता समेत रहेका विश्वमणी सुवेदीमार्फत यस्तो घोषणा गरेका हुन् । सुवेदीमार्फत गौतमले ३ बुँदे प्रष्टिकरण दिँदै पार्टीभित्रको अन्तरविरोध र मुख्य मुद्दाहरुमा आफ्नो ‘पोजिसन’ स्पष्ट पारेका हुन् ।
उक्त प्रस्टिकरणमा गौतम सरकारमा जाने हल्ला पूर्णत निराधार रहेको उल्लेख छ । त्यसैगरी उनले सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा चित्रित गर्ने क्रम बन्द गर्न पनि ओलीपक्षधरलाई चेतावनी दिएका छन् ।
‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामुहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिदैछ’ सुवेदीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
केही समय सार्वजनिक प्रतिक्रियामा गौतम नआउने उल्लेख छ । नेकपामा एमसीसी अनुुमोेदन गर्ने तथा सरकारका काम कारवाहीका विषयमा दुईथरी मत छ । त्यहीँ क्रममा प्रधानमन्त्री ओली पक्षले गौतमले आफुलाई साथ दिने र त्यसको बदला मनत्रत्री बनाउने चर्चा चलाएपछि उनले आफ्नो कित्ता क्लियर गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण