एमसीसीबारे प्रधानमन्त्रीः पढ्दै नपढी कागले कान लग्यो भनेर मान्छे कुदे
बिहीबार, ०४ असार २०७७, १७ : ०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले एमसीसी सम्झौताबारे पढ्दै नपढी विरोध भएको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीले एमसीसी सम्झौतामा के छ पढ्न सुझाव दिए ।
उनले भने- ‘अहिले केही केहीले हल्ला चलाएका छन् । पढ्न अल्छि लाग्छ कि के हो, एमसीसी पढेको मान्छे मैले त्यति भेटिन् । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भएपनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? टाउकोले टेकेर खुट्टा ठाडो पार्ने अभ्यास किन जरुरी छ र ?’
उनले मान्छे लहलहैमा लागेको र अमेरिकी सेना कहाँबाट आउँछ भन्दै प्रश्न गरे । कागले कान लग्यो भन्दैमा दुख्यो दुखेन पनि विचार पनि नगर्ने र कान पनि नछाम्ने प्रवृत्ति रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्री लेखकको निर्देशन
-
बागमती प्रदेशसभा : प्रतिफल योग्य आयोजना निर्माणमा जोड
-
यी तीन प्रदेशमा यस वर्ष बढी वर्षा हुने, कस्तो छ सरकारको पूर्वतयारी ?
-
नेसपा गंगानारायण श्रेष्ठ समूहका क–कसले पाए माओवादीमा जिम्मेवारी ? (सूचीसहित)
-
बन्द पक्षधर माइक्रोबस चालकद्वारा साझा यातायातलाई धम्की
-
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक