शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी कदमको इरानद्वारा निन्दा

बिहीबार, ०४ असार २०७७, १६ : ५२
बिहीबार, ०४ असार २०७७

तेहरान । अमेरिकाले सिरियामाथि लागेको प्रतिबन्धले सिरियाली समस्यालाई थप दुःख दिने भन्दै इरानले त्यसको निन्दा गरेको छ ।  सिरियाली राष्ट्रपति बसर अल असदसँग काम गर्ने सिरियाली कुनै पनि कम्पनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । सो कार्यको विरोध गर्दै इरानले सो घटनाले यसै पनि युद्धमा रहेको सिरियालाई थप समस्या पार्ने बताएको छ । 

यस कार्यलाई इरानले क्रुर भनेको छ । अमेरिकाको यस्तो क्रुर कार्यको संज्ञा दिँदै यस्ता कार्यमा इरानले कहिल्यै विश्वास नगर्ने जनाएको छ । इरानले त्यस्ता कार्यहरु अन्तर्राष्ट्रिय कानुन र मान्यताको विरुद्ध रहेको पनि बताएको छ ।

अमेरिकाले सिरियाली राष्ट्रपति बसर अल असद र उनकी श्रीमतीसँग काम गर्ने कुनै पनि कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसबाट सिरियामा ठूलो आर्थिक संकट पर्नसक्ने बताइएको छ । कोरोना भाइरसको संकटका समयमा अमेरिकाले यसरी युद्धग्रस्त देश सिरियामा यस्तो प्रकारको आर्थिक नाकाबन्दी लगाउनुलाई इरानले क्रुर काम भनेको छ । 

इरान पनि सन् २०१८ देखि अमेरिकी नाकाबन्दीमा रहेको छ । इरानसँगको पारमाणविक सम्झौताबाट एकतर्फी रुपमा पछि हटेर अमेरिकाले सन् २०१८ देखि इरानमाथि आर्थिक नाकबन्दी लगाउँदै आएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप