बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वरिष्ठता मिच्दै प्रमको निजी चिकित्सकलाई आइओएमको डीन, विद्यार्थीद्वारा तालाबन्दी

बिहीबार, ०४ असार २०७७, १६ : ४५
बिहीबार, ०४ असार २०७७

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रा.डा. दिव्या सिंह शाहलाई डीन बनाउने निर्णय तत्काल सच्याउन माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा तालबन्दी गरेको छ । राजनीतिक पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको क्याम्पस इकाई अध्यक्ष विनय पङ्गेनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वरिष्ठता र कार्यकुशलताका आधारमा नियुक्त नगरेर मापदण्ड मिचेर पहुँचको आधारमा डा. सिंहलाई नियुक्ति गरिएको उल्लेख छ । प्रा. डा. प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले नाम सिफारिस गरेसँगै बुधबार डा. शाहलाई डीनमा नियुक्ति गरेको थियो । डाक्टर शाहले वरिष्ठताको क्रम मिचेर डीन पद पाउनका लागि पावर लगाएको विद्यार्थीले आरोप लगाउदै आएका छन् । 


डाक्टर गोविन्द केसीको आन्दोलनपछि वरिष्ठताको आधारमा डीन छान्ने नजिर बसे पनि हाल त्यस पद्धती मिचिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । वरिष्ठताको आधारमा डीन छान्ने पद्धति नसच्चाएसम्म तालाबन्दी जारी रहने पे्रेस विज्ञप्तिमार्फत जनाइएको छ  । डाक्टर शाह प्रधानमन्त्री केपी ओली को निजी चिकित्सकसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप