ट्वीटरको नयाँ फिचर भोइस ट्वीट के हो ?

ट्वीटरमा प्रयोगकर्ताको विचार र भावना व्यक्त गर्नका लागि केहि सीमा तोकिएको छ ।
अक्षरको सीमा छ । कहिलेकाँही २८० अक्षरको सीमा पुग्दैन तसर्थ टुक्रा–टुक्रा गर्दै आफ्नो भावना व्यक्त गर्नुपर्ने हुन्छ ।
साथै प्रयोगकर्ताले जे कुरा भन्न खोजिएको हो, त्यो सही शब्दमा वर्णन गर्न नसकिने पनि बताउनले गरेका छन् । अब यी सबै समस्यालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ साइट ट्वीटरले एउटा नयाँ फिचर सार्वजनिक गरेको छ ।
यो फिचर प्रयोग गरेर अब प्रयोगकर्ताले टाइप नगरिकनै आफ्नो सन्देश ट्वीट गर्न सक्छन् । ट्वीटरले भोइस फिचर रोलआउट गरेको छ ।
अर्थात्, ट्वीटर प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेर ट्वीट गर्न सक्छन् । प्रयोगकर्ता अब टाइप गर्ने झण्झटबाट पनि मुक्त हुनेछन् र आफ्नो विचार र भावना अडियोमार्फत् रेकर्ड गरेर सेयर गर्न सक्छन् ।
के छ विशेषता ?
एक भोइस ट्वीटमा १४० सेकेन्डको अडियो रेकर्ड गर्न सकिन्छ ।
तपाईंको कुरा समाप्त भएको छैन भने चिन्ता नगर्नुहोस्, थ्रेडको रुपमा एउटा नयाँ भोइस ट्वीट आफैं बन्नेछ ।
जब भन्नुपर्ने कुरा समाप्त हुन्छ तब रकेर्डिङको बटन थिचेर कम्पोजर स्किनमा गएर यसलाई ट्वीट गर्नुहोस् ।
मानिसहरुले तपाईंको ट्वीट आफ्नो टाइमलाइनमा ठ्याक्कै त्यसै गरी देख्छन् जुन अन्य ट्वीट देखिन्छ ।
ट्वीटरका अनुसार अहिले भोइस ट्वीट प्रायोगिक रुपमा लञ्च गरिएको छ र केहि आइओएसमा मात्रै उपलब्ध छ । यो हालका लागि सबै प्रयोगकर्ताका लागि लागू गरिएको छैन । यद्यपि, कम्पनीले केहि हप्ताभित्र सबै आइओएस प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्ने बताएको छ ।
एन्ड्रोइड फोनमा यो सुविधा कहिले सुरु हुन्छ, यसबारे कम्पनीले केहि जानकारी दिएको छैन ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
-
प्रेस चौतारी बागमती प्रदेश अध्यक्षमा रिमाल
-
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन