केन्द्रीय संस्करण

ट्वीटरको नयाँ फिचर भोइस ट्वीट के हो ?

person explore access_timeअसार ४, २०७७ chat_bubble_outline0

ट्वीटरमा प्रयोगकर्ताको विचार र भावना व्यक्त गर्नका लागि केहि सीमा तोकिएको छ ।

अक्षरको सीमा छ । कहिलेकाँही २८० अक्षरको सीमा पुग्दैन तसर्थ टुक्रा–टुक्रा गर्दै आफ्नो भावना व्यक्त गर्नुपर्ने हुन्छ ।

साथै प्रयोगकर्ताले जे कुरा भन्न खोजिएको हो, त्यो सही शब्दमा वर्णन गर्न नसकिने पनि बताउनले गरेका छन् । अब यी सबै समस्यालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ साइट ट्वीटरले एउटा नयाँ फिचर सार्वजनिक गरेको छ ।

यो फिचर प्रयोग गरेर अब प्रयोगकर्ताले टाइप नगरिकनै आफ्नो सन्देश ट्वीट गर्न सक्छन् । ट्वीटरले भोइस फिचर रोलआउट गरेको छ ।

अर्थात्, ट्वीटर प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेर ट्वीट गर्न सक्छन् । प्रयोगकर्ता अब टाइप गर्ने झण्झटबाट पनि मुक्त हुनेछन् र आफ्नो विचार र भावना अडियोमार्फत् रेकर्ड गरेर सेयर गर्न सक्छन्  ।

के छ विशेषता ?

एक भोइस ट्वीटमा १४० सेकेन्डको अडियो रेकर्ड गर्न सकिन्छ ।

तपाईंको कुरा समाप्त भएको छैन भने चिन्ता नगर्नुहोस्, थ्रेडको रुपमा एउटा नयाँ भोइस ट्वीट आफैं बन्नेछ ।

जब भन्नुपर्ने कुरा समाप्त हुन्छ तब रकेर्डिङको बटन थिचेर कम्पोजर स्किनमा गएर यसलाई ट्वीट गर्नुहोस् ।

मानिसहरुले तपाईंको ट्वीट आफ्नो टाइमलाइनमा ठ्याक्कै त्यसै गरी देख्छन् जुन अन्य ट्वीट देखिन्छ ।

ट्वीटरका अनुसार अहिले भोइस ट्वीट प्रायोगिक रुपमा लञ्च गरिएको छ र केहि आइओएसमा मात्रै उपलब्ध छ । यो हालका लागि सबै प्रयोगकर्ताका लागि लागू गरिएको छैन । यद्यपि, कम्पनीले केहि हप्ताभित्र सबै आइओएस प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्ने बताएको छ ।

एन्ड्रोइड फोनमा यो सुविधा कहिले सुरु हुन्छ, यसबारे कम्पनीले केहि जानकारी दिएको छैन ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.