केन्द्रीय संस्करण

ओमानबाट १ सय ४७ यात्रु लिएर दोश्रो ‘उद्धार’ विमान उड्यो

person explore access_timeअसार ४, २०७७ chat_bubble_outline0
फाइल तस्विर

युएई। ओमानमा अलपत्र परेका १ सय ४७ जना नेपाली कामदार लिएर सलाम एयरको दोस्रो उद्धार विमान उडेको छ । मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई सलाम एयरको उडान नम्बर ओभी ४२७ आज स्थानीय समय ८ः२० मा उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।

सलाम एअरको फ्लाइट जहाजमा ११० जना पुरुष र ३७ जना महिला रहेको दूतावास मस्कटले जनाएको छ।राजदूत ढकालका अनुसार रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको र कामदारको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् । जहाज दिउँसो २ बजे काठमाडौँ आइपुग्नेछ ।

उनले भनिन्, 'फर्कने सबैको साथमा पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट छ । उनीहरु विमानस्थल र होल्डिङ सेन्टर हुँदै सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् ।'

सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो। 

तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैयाँ सस्तो अर्थात ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्स मार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फिर्ता गरेको हो।

ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ । 

दूतावासका कर्मचारी र राजदूत आफै स्वदेश फर्कने नेपालीको बिदाइका लागि विमानस्थल पुगेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.