शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपाल झर्न रोक्ने ४ घरेलु उपाय

बिहीबार, ०४ असार २०७७, ११ : ५४
बिहीबार, ०४ असार २०७७

एजेन्सी – कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ । 

अमलाको जुस
अमलामा ट्यानिन र क्याल्शियम जस्ता पदार्थ पाइन्छ । यो दुवै पदार्थ कपाल बढ्न मद्दतगार हुन्छ । र यो कपालको लागि निकै लाभदायक हुन्छ । कपालको जरामा अमलाको रस लगाउनुस् र ३० मिनेटसम्म लगाउनुस् । यो प्रक्रिया हप्तामा दुईपटक लगाउनुस् । 

प्याजको रस 
प्याजको रसले कपालमा यसको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले गर्दा कपाल झर्न रोक्ने काम गर्छ । आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ । 

मेथी हेयर मास्क
मेथीको दानामा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च मात्रामा पाइन्छ । यसले कपाल झर्न र रुखो हुनबाट बचाउँछ । आधा कप मेथीको दाना रातभर भिजाउने र पेस्ट बनाएर कपालको जरामा लगाउने गर्नुपर्छ । मेथीको पेस्ट लगाएको ३० देखि ६० मिनेटमा पखाल्नुपर्छ । यो प्रक्रिया हप्तामा एकपटक लगाउनुपर्छ । 

नरिवलको तेल
नरिवलको तेल कपालको वृद्धि विकासमा निकै फाइदाजनक हुन्छ । हप्तामा दुई पटक नरिवलको तेलले मालिस गर्ने गर्नुपर्छ जसले कपाल मजबुत बनाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप