चिनियाँ र भारतीय सैनिकबीच सीमामा आखिर भीडन्त किन हुन्छ ?
भारत र चीनका सैनिकबीच पूर्वी लद्दाखको गलवान घाटीमा हिंस्रक झडप भयो जसमा दुबैतिरको क्षती भएको बताइन्छ ।
तर यस्ता झडप किन हुन्छन् ?
वास्तवमा भारत र चीनबीच अहिलेसम्म सीमांकन भएको छैन । यथास्थिती निर्माणका लागि लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् एलएसी निर्धारण गरिएको छ तर गलवानसमेत यस्ता १५ बिन्दु छन् जहाँ एलएसीको विषयमा सहमति भएको छैन ।
यी विवादित इलाकामा दुबै देशका सैनिक पेट्रोलिङ गर्छन् र यो पेट्रोलिङका निश्चित प्रोटोकल छन् ।
सैन्य जानकारका अनुसार थुप्रै पटक गस्ती दल एकै समयमा पेट्रोलिङका लागि आउने गर्छन् । यस्तोमा प्रोटोकलको आधारमा एक पक्षले अर्को पक्षको गस्ती टोली देखे र दोस्रो पक्षले पहिलेको टोलीलाई देखे, त्यहिँ रोकिनुपर्छ ।
केहि बोल्न पाइँदैन, ब्यानर मात्रै उठाइनेछ । चीनको ब्यानरमा लेखिएको हुन्छ, ‘तपाईं चीनको इलाकामा हुनुहुन्छ, फिर्ता जानुहोस् ।’ भारतका सैनिकको ब्यानरमा लेखिएको हुन्छ, ‘तपाईं भारतको इलाकामा हुनुहुन्छ, फिर्ता जानुहोस् ।’
भारतको ब्यानरमा चिनियाँ र अंग्रेजी भाषामा उक्त सन्देश लेखिएको हुन्छ र चीनको ब्यानरमा हिन्दी र अंग्रेजीमा सन्देश लेखिएको हुन्छ । यो ब्यानर निकै ठूलो हुन्छ । करिब ८ देखि ९ फिट अग्लो हुन्छ । दुबै तीर डण्डा हुन्छन् । टाढासम्म देखियोस् भनेर डण्डा समातेर माथि उचालिन्छ ।
यद्यपि, सियाचिनमा तैनाथ भएका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल सञ्जय कुलकर्णी भन्छन्, ‘पछिल्ला केहि वर्षमा दुई देशका सैनिक पछि हट्नुको साटो एकआपसमा लडिरहेको देख्न सकिन्छ ।’
केहि घटनाको भिडियो पनि सार्वजनिक भएको छ जसमा सैनिकले धक्का मुक्का गर्दै गाली गलौज गरिरहेको पनि देख्न सकिन्छ । उनका अनुसार यो झडप १५–२० मिनेट वा आधा–एक घण्टासम्म चल्छ । तर पछिल्ला केही समयमा यो झडप हिंस्रक भइरहेको देख्न सकिन्छ ।
यस्ता झडप किन हुन्छन् ?
सञ्जय कुलकर्णीका अनुसार यस्तो यसकारण हुन्छ किनभने ब्यानर देखाउँदा पनि थुप्रै पटक दुबै पक्षका सैनिक पछि हट्दैनन् । दुबैले एक अर्कालाई ‘यो मेरो इलाका हो, तपाईं जानुहोस्’ भन्छन् । यस्तोमा धक्का–मुक्का सुरु हुने गर्छ ।
गस्ती गर्ने समूहसँग हतियार पनि हुन्छ तर उनीहरुले एक–अर्काविरुद्ध त्यो प्रयोग गर्न सक्दैनन् । यसै कारण पछिल्लो ४३ वर्षमा कसैको ज्यान गएको थिएन, स्थिती शान्त थियो । तर सोमबारको घटना धक्का–मुक्काबाट अघि बढेर घातक बन्यो । यद्यपि, यो घटनामा पनि गोली भने चलेन ।
सञ्जय कुलकर्णी उदाहरण दिँदै भन्छन्, ‘जस्तै अमेरिकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेर उनको गर्धनमा घुँडा राखिदिए । गोली चलाएनन् तर व्यक्तिको ज्यान गयो । यहाँ पनि गोली चलेन, तर जे पाए, त्यसैले आक्रमण गर्न थाले । कसैले ढुङ्गा उठाए, कसैले लठ्ठी । केहि नभेटेका हरुको धक्का दिए । यसरी दुबै पक्षको मानवीय क्षती भयो ।’
राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (एनएसएबी) का सदस्य र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा पूर्व कमान्डर लेफ्टिनेन्ट जनरल एसएल नरसिम्हनले दुबै पक्षले तोकिएको प्रक्रिया (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर) लाई नअपनाएको खण्डामा यस्तो स्थिती निम्तिने बताएका छन् ।
यस्ता झडप कसरी हिंस्रक हुन्छन् ?
सञ्जय कुलकर्णीका अनुसार ग्राउन्ड लेभलमा तनाव अत्यधिक हुने भएकोले यस्तो स्थिती निम्तिने गर्छ । सैन्य विशेषज्ञका अनुसार सोमबारको झडप यसकारण पनि हिस्रक भयो किनभने गत महिनादेखि एलएसीमा तनाव चलिरहेको थियो ।
सोमबारको घटनाअघि ५ र ६ मे मा पेंगोंग ताल नजिकै जुन झडप भयो त्यसमा पनि ढुङ्गा हानाहान भएको जसका कारण दुई–तीन सैनिक घाइते भएको खबर थियो । यद्यपि, यो झडप त्यति हिंस्रक भएको थिएन ।
त्यसो भए सोमबारको घटना यति हिंस्रक किन भयो ? यसबारे सञ्जय भन्छन्, ‘ग्राउन्ड लेभलका कमान्डरको तात्तिहाल्ने स्वभाव पनि हुनसक्छ । तर उनले पनि माथिबाट आदेश नआएसम्म केहि गर्न सक्दैनन् ।’
सोमबार के भएको थियो ?
दुई देशबीच गत महिनादेखि सीमा विवाद चलिरहेको थियो । दुबैले एक–अर्कामाथि यथास्थितीमा परिवर्तन गरेको भन्दै आरोप–प्रत्यारोप लगाइरहेका छन् ।
भारतले चीन विवादित इलाकामा अघि बढिरहेको बताउँछ भने चीनले भारतले त्यहाँ सडक निर्माण गरिरहेको बताएको छ । यो विवाद सुल्झाउनका लागि कोसिस पनि भएको थियो । त्यसपछि दुई देशको सैनिक डिस–इन्गेजमेन्टको प्रक्रिया सुरु गर्ने बताइएको थियो ।
डिस–इन्गेजमेन्टट अर्थात् आमने–सामने भएर गरिने कुराकानी । यस्तो छलफलको क्रममा सुरुमा एउटा पक्षले तपाईं यति पछि हट्नुहोस् र यो तरिकाले हट्नुहोस् भन्छन् भने अर्को फौजले तपाईं यसरी पछि हट्नुहोस् र यसका लागि यो प्रकारको तरिका अपनाउनुहोस् भन्ने गरिन्छ ।
पूर्व कोर कमान्डर जनरल एसएल नरसिम्हनका अनुसार सोमबार डिस–इन्गेजमेन्ट प्रक्रियाबारे चर्चा गर्दै केही चर्काचर्की भयो जसका कारण यस्तो स्थिती बनेको हुनसक्छ ।
उनी भन्छन्, ‘कुराकानीमा केहि बाधा उत्पन्न भएको हुनसक्छ । एक पक्षले केहि बोलेको हुनुपर्छ, दोस्रो पक्षले केहि बोलेको हुनसक्छ । यसैकारण चर्काचर्कीको स्थिती बढेको हुनसक्छ ।’
मौसम खराब भएका कारण पनि धेरैको ज्यान गएको हुनसक्छः
सियाचिनमा तैनाथ भएका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल सञ्जय कुलकर्नी भन्छन्, ‘गलवान घाटी जहाँ यो झडप भयो, त्यो उचाईमा मौसम अत्यधिक खराब छ, इलाका अत्यधिक दुर्गम छ, सास फेर्न पनि गाह्रो हुन्छ, राती यहाँको तापक्रम अत्यधिक कम हुने गर्छ ।’
उनले भने, ‘सैनिक बिहान पेट्रोलिङका लागि निस्कन्छन् र आउँदा आउँदै बेलुका हुन्छ । दिउँसो घाम लाग्छ, तसर्थ सामान्य कपडा लगाएर जान्छन् तर झडप भएका बेला उनीहरु घाइते भएर त्यहाँ नै लडेको हुनसक्छ । चिसोका कारण घाइतेको ज्यान गएको पनि हुनसक्छ । कोही नदीमा खसेका होलान्, कोही पहाडबाट खसेका होलान् । मौसमका कारण धेरैको मृत्यु भएको होला । केहि सैनिकको हृदयघातका कारण पनि ज्यान जानसक्छ ।’
यद्यपि, बोर्डर पर्सनल लेभलको बैठकमा यस्ता झडप रोक्ने तरिकामाथि लगातार चर्चा भइरहन्छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ
-
कृष्ण सेन ‘इच्छुक’का तीन कविता
-
काठमाडौँमा तीनसहित पाँच जना मृतावस्थामा फेला
-
ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव