बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

असार १० गते नेकपा स्थायी कमिटी बैठक

बुधबार, ०३ असार २०७७, २३ : २२
बुधबार, ०३ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बोलाइएको छ । बुधबार बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्माओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्तामा सो सहमति भएको हो । बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज(एमसीसी), सरकारको कामको समीक्षा लगायतका विषयमा छलफल हुने श्रोतले बताएको छ ।

यसअघि बैशाखमा उल्लेखित  विषयमा छलफल गर्न बैठकको माग गर्दै २० जना स्थायी समिति सदस्यहरुले गर्दै अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित मागपत्र पेस गरेका थिए । उनीहरुको दबाबमा वैशाख २५ गते बोलाइएको बैठक अचानक स्थगित भएको थियो । नेकपाको विधानअनुसार ३ महिनामा एकपटक स्थायी कमिटी बैठक बस्नुपर्ने व्यवस्था छ । तर ६ महिनादेखि बैठक बोलाइएको छैन । यसअघि मंसिर २९ गतेदेखि बसेको बैठक पुस ६ गते सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप