बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

बुधबार, ०३ असार २०७७, १८ : १०
बुधबार, ०३ असार २०७७

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार १ सय नाघेको छ । बुधबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको कूल संख्या ११ सय नाघेको हो ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार सुर्खेतमा २ र दैलेखमा २ गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । आज १८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या एक हजार १०४ पुगेको उनले बताए ।

महाशाखा प्रमुख डा.तिवारीका अनुसार कूल संक्रमितहरु मध्य दैलेखमा मात्र हालसम्म ६३६ अर्थात करिब ६० प्रतिशत रहेका छन् । त्यस्तै सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा २, हुम्ला र डोल्पामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितहरुमा पुरुष १ हजार २२ जना र महिला ८२ जना रहेका छन् ।

कोरोना जित्नेको संख्या ४९४

कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिहरुमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको संख्या ४९४ पुगेको छ । आज मात्र कर्णाली प्रदेश अस्पताल, महावु दैलेख र जिल्ला अस्पताल दैलेखबाट १५२ जनाले कोरोना जितेका छन् । महावु आइसोलेसन केन्द्रबाट १०६, जिल्ला अस्पताल दैलेखबाट ४३ र कर्णाली प्रदेश अस्पतालबाट तीन जना संक्रमितहरु कोरोना जितेर घर फर्केको महाशाखा प्रमुख डा.तिवारीले बताए । डोल्पा, दैलेख र सुर्खेतका एक÷एक गरी तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

कर्णाली प्रदेशको रुकुमपश्चिम भने यतिबेलासम्म ‘ग्रीन जोन’का रुपमा देखिएको छ । रुकुमपश्चिममा हालसम्म एक हजार ८१० नागरिकहरु भारतबाट आइपुगेका छन् । यता,डोल्पा जिल्लामा भने भारतबाट आउनेको संख्या शून्य रहेको र जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुष सुर्खेतबाट डोल्पा गएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप