‘लकडाउनको अवधिमा १ सय ८ वटा अन्तर्राष्ट्रिय उडान’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लक डाउनको अवधिमा १ सय ८ वटा अन्तर्राष्ट्रिय उडान भएको बताए । बुधबार राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले लकडाउनका बेला ६६ उडान यात्रुसहित र ४२ वटा कार्गो उडान भएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लक डाउनको अवधिमा ११ हजार ८ सय ५६ जना यात्रुको आवतजावत भएको समेत उनले बताए । विदेशी वायुसेवाका २५ विमानले ५४ र नेपालका ४ वटा वायुसेवाले ५४ वटा उडान गरेको उनले प्रष्ट पारे ।
मन्त्री भट्टराईले सरकारले तोकेको हवाई भाडादरको भने बचाउ गरे । विदेशी एयरलाइन्सहरुले तोकेको भाडादरको उदाहरण दिँदै उनले नेपाली एयरलाइन्सको भाडाको बचाउ गरेका हुन् । उनले अमेरिका, क्यानडा, हङकङ तथा अष्ट्रेलियन एयरलाइन्सको भन्दा नेपाली एयसलाइन्सका भाडा सस्तो भएको बताए ।
उनले भने– ‘अमेरिका जाँदा ३ हजार डलरको टिकट काटेर जानुभएको छ । क्यानडा जाँदा ३५ सय डलर बढी छ । अष्ट्रेलियाले २५ सय डलर उठाइएको छ । जापानले १५ सय सम्म र हङकङले ८ सय डलरभन्दा बढी उठाएको छ । यसमा हामी कोही पनि बोल्दैनौँ । किनकि यो विदेशी एयरलाइन्सको मामला हो । भिसा पाइदैनकि भनेर डराएर बोल्दैनौँ । तर हामीले हङकङ जाने ५ सय ५० डलर मात्रै तोकेका छौँ । जापानबाट आउनेलाई ९ सय ३५ डलर तोकिएको छ । अष्ट्रेलिया १६ सय १५ डलर तोकिएको छ । बंगलदेशको १ सय ६५ डलर हो, कतारको ३ सय ६५ डलर हो । सामान्य अवस्थामा पनि यो भाडादर यो भन्दा महँगो हुने अवस्था बन्छ । खर्चमात्रै उठ्ने गरी नेपालीहरुलाई ल्याउनुपर्छ भनेका छौँ । अमेरिका युरोपबाट पनि आउँदैछन् । पहिले अमेरिका जाँदा ३ हजार तिरियो तर अब १५, १६ सय डलर भन्दबढी लिन नपाउने भनेर हामीले तोकेका छौँ । युरोपमा ११, १२ सय तोकेका छौँ । पहिले त्यहाँ १५ सय २ हजार डलर तिरेर यात्रु लाने काम भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
स्वास्थ्यमन्त्री पौडेल अमेरिकाको न्युयोर्कमा
-
झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा
-
आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्यो पुछारमा
-
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता