शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा मोटरसाइकल र जिप ठोक्किँदा १ जनाको मृत्यु

बुधबार, ०३ असार २०७७, १७ : १८
बुधबार, ०३ असार २०७७

कैलाली । कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा बस्दै आएका जोशीपुर गाउँपालिका –२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । 

दुर्घटनापछि जीप चालक  फरार भएका छन् ।  जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप