लकडाउनमा बुटवलमा उपमहानगरको उदाहरणीय काम

बुटवल । बुटवल उपमहानगरपालिकाले लकडाउनका समयमा राहत वितरण, क्वारेन्टिन र आइसोलेसन केन्द्र निर्माणका साथै अरु उदाहरणीय काम गरेको छ । लकडाउनको अवधिमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न समुदायलाई राहत वितरण गर्नुका साथै ज्यालादारीका कामको समेत व्यवस्था मिलाएको छ । श्रमजिवी बेरोजगार नागरिकलाई लक्षित गरि दुई चरणमा राहत वितरण गरेको बुटवलले तिनै मध्येका मजदुरलाई सुरक्षा प्रवन्धसहित विभिन्न वडामा जयालादारीका कामको व्यवस्था मिलाएको छ । गरिखाने वर्गमा परेको पीडालाई मध्यनजर गरेर सुरक्षा प्रबन्धसहित उनीहरुको स्वास्थ्य चेकजाँच गर्दै ज्यालादारीका काममा लगाइएको हो । लकडाउनको अवधिमा बुटवल उपमहानगरले १९ वटै वडाका २२ हजार ७ सय २ घर परिवारका ८५ हजार सात सय ५४ जनालाई राहत वितरण गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए ।
लकडाउन अवधिमा दुई करोड ४४ लाख २२ हजार एक सय एक रुपैयाँ बराबरको राहत वितरण गरिएको र सुरक्षा प्रवन्ध मिलाएका ठाउँमा ज्यालादारीका कामको समेत व्यवस्था मिलाएको छ । बुटवल उपमहानगरपालिकाको विपत व्यवस्थापन तथा राहत कोषमा स्वेच्छाले जनस्तरबाट रकम समेत सहयोग भएको भन्दै सहयोगदातालाई आभार प्रकट गरिएको छ । उक्त रकमलाई बुटवलले राहत वितरण देखि आइसोलेशन, आइसीयू तथा भेन्टिलेटरसहितको अस्पताल निर्माणलगायतका काममा उपयोग गरेको जनाएको छ ।
कोषमा ७४ लाख ७२ हजार ६ सय ४२ रुपैयाँ जम्मा गरिएको तथा ५२ हजार ७ सय ६९ किलो चामल, ३ हजार ६ सय ९ किलो दाल, २ हजार ६ सय २० लिटर तेल, २ हजार ७ सय ३७ किलो नुन लगायत जिन्सी सामग्री सहयोगस्वरुप प्राप्त भएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । वडा नं. १६, १०, ७ र २ मा दैनिक ज्यालादारीमा रोजगारीका कामको व्यस्था मिलाइएको रोजगार संयोजक अरविन्द्र पाण्डेले बताए ।
संयोजक पाण्डेकाअनुसार वडा नं १६ स्थित निर्माणधीन बैठिलिया तालमा डुंगा चढ्ने ओर्लने सिँढीको निर्माण भइरहेको छ । त्यहाँ दोस्रो चरणको रोजगार शुरु भएको र सबैलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले तोके अनुसारको ज्याला दिइएको पाण्डेले बताए । यस्तै वडा नं १० को नाली सफाई, वडा नंं ९ मा नाली निर्माण र वडा नं २ मा निर्माणधीन पर्यटन मार्गका लागि ज्यालादारीका मजदूरलाई कामको व्यवस्थ मिलाइएको उपमहानगरले जनाएको छ । यी ठाउँमा काममा खटिएका ७८ जनाको ज्वारो लगायतको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरु एउटै गाउँ र टोलका समेत भएकाले सुरक्षा प्रवन्ध मिलाउन सजिलो भएको बताइएको छ । अब वडा नं. १६ मा ४० जना, वडा नं. १३ मा ३५ र वडा नं. १४ मा ३५ जनाले थप रोजगार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन
-
रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
-
शिक्षा विधेयक कार्यान्वयनमा माओवादीको आशंका, बर्खे अधिवेशनमा कस्तो छ तयारी ?
-
पुरुषमाथि कुटपिटमा संलग्न चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
-
सरकारको औचित्यमाथि प्रश्नैप्रश्न : हुकुमी शासनको अभ्यास !