शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारत–चीन सीमा विवाद हिंसात्मक मोडमा

बुधबार, ०३ असार २०७७, १४ : ०३
बुधबार, ०३ असार २०७७

भारत–चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । तर, मुडभेडको समाचारलाई भने पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षपछि भारत–चीनबीचको विवादमा भारतीय सैनिक मारिएका हुन् । यसअघि २० अक्टुबर १९७५ मा अरुणाञ्चल प्रदेशको तुलुङ लामा असम राइफलको गस्तीमाथि चीनले हमला गर्दा भारतका चारजना सैनिक मारिएका थिए । दुई देशबीच त्यसयता एकअर्काका सैनिककै ज्यान लिनेगरी हिंसा भएको छैन । 

के भन्छ भारतीय पक्ष ?
भारतीय सेनाले विज्ञप्ति जारी गर्दै अवस्था नियन्त्रणमा ल्याउन छलफल चलिरहेको जनाएको छ । ‘सोमबार राती गालवन उपत्यकामा तनाव मत्थर पार्ने प्रक्रिया चलिरहेको थियो, तब हिंसा भड्कियो । हाम्रो एक अफिसर र दुई जवान सहिद भए । अहिले दुबै देशका सेनाका वरिष्ठ अधिकारीहरु तनाव कम गर्नका लागि बैठक गर्दैछन् ,’ विज्ञप्तिमा भनिएको छ । यस घटनापछि रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, विदेशमन्त्री एस जयशंकरलगायतसँग बैठक गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि वार्ता गर्ने कार्यक्रम छ । 

के भन्छ चिनियाँ पक्ष ?
‘ सीमा विवाद समाधानका लागि भारत र चीनबीच कुटनीतिक र सैन्य च्यानलमार्फत वार्ता भइरहेका बेला ६ जुनमा दुई देशबीच कमाण्डर स्तरमा भएको छलफलकोे सहमतिलाई उल्लंघन गर्दै सोमबार दुईपटक भारतीय सेनले सीमा नाघेर अवैध गतिविधि तथा चीनियाँ सेनाविरुद्ध आक्रमणको प्रयास गरेका छन् ।

यसले दुई पक्षबीच द्वन्द्व निम्त्याएको छ,’ चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझानले मंगलबार नियमित पत्रकार भेटका क्रममा भनेका छन्, ‘चीनले यस विषयमा कडा विरोध जनाएको छ र सहमतिअनुसार आफ्ना फ्रन्टलाईनका सेनालाई पछाडि हटाउन माग गरेको छ ।  सीमा ननाघ्न र सीमाको अवस्थालाई कठिन बनाउनेगरी कुनै पनि एकपक्षीय कदम नचाल्ने भनेको छ । चीन र भारतले सीमा क्षेत्रमा तनाव कम गरेर शान्ति कायम गर्नका लागि संवादमार्फत दुईपक्षीय समस्या समाधान गर्ने सहमति गरेका छन्,’ झाओले भने । 

१९६७ मा पनि भएको थियो झडप 
भारत र चीनबीच अन्तिम पटक १९६२ मा ठूलो युद्ध भएको थियो । अक्साई चीन र उत्तर–पूर्वी फ्रन्टियर एजेन्सी, आसाममा भएको यो युद्ध १ महिना १ दिन चल्यो । त्यसपछि चीनले युद्धमा विजय हासिल गरेको थियो । यस युद्धमा चीनका ७ सय २२ र भारतका १३ सय ८३ सैनिक मारिएका थिए ।

५ सय ४८ देखि १ हजार ४७ जना चिनियाँ सैनिक घाइते भए भने भारततर्फ १ हजार ६ सय ९६ जना बेपत्ता, १ हजार ४७ जना घाइते र ३ हजार ९ सय ६८ जना बन्दी बनाइए । यस युद्धको झन्डै ५ वषृपछि ११ सेप्टेम्बर १९६७ मा पनि सिक्किमको नाथू– लामा भारत र चीनबीच हिंस्रक झडप भएको थियो । त्यसपछि १५ सेप्टेम्बर १९६७ मा फेरि झडप भयो र अक्टुबरमा मात्रै विवाद साम्य भयो । यस झडपमा पनि दुबै पक्षले ठूलो क्षति व्यहोरको थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप