‘दबंग’ का निर्देशकको गम्भीर आरोपमा सलमानको पिताको कडा जवाफ, ‘हिजो आएकाहरुले प्रश्न गर्छन्’
बलिउड फिल्म निर्माता करण जोहरमाथि उद्योगमा नातावादलाई महत्व दिएको आरोप लागेको छ भने सलमान खानपनि यसबाट अछुतो रहन सकेका छैनन् ।
सलमानसँग जसले निहँ खोज्छ, उनीहरुलाई काम पाउनै समस्या हुन्छ । त्यसमा अरिजित सिंह, विवेक ओबरोयजस्ता व्यक्तित्व समावेश छन् । यस्तो दाबी दबंगका निर्देशक अभिनव सिंह कश्यपले गरेका हुन् । अभिनवले एउटा लामो पोस्टमा बलिउडको वास्तविकता उजागर गर्दै सलमान खान र उनको परिवारमाथि विभिन्न आरोप लगाएका छन् । यसबारे सलमान खानका पिता सलिम खानले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा यसबारे प्रतिक्रिया दिएका छन् ।
सलमान खानसँग काम गर्न अभिनवले गरेका थिए अस्विकारः
यसबारे प्रश्न सोध्दा सलिम खानले भने, ‘यिनिहरु काम नलाग्ने मान्छेहरु हुन् । यस्तासँग केही काम छैन, जे पनि बोल्दै हिँड्छन् र त्यसमा हामीले प्रतिक्रिया दिँदै हिँड्ने ? मेरो ५० वर्षको करियर छ । हिजो आएकाहरु प्रश्न गर्छन् । एउटा फिल्म त बनाएका थिए, दोस्रो फिल्म बनाउन प्रस्ताव गर्दा अस्विकार गरे । त्यसपछि जे जति भयो, त्यसका लागि हामी जिम्मेवार ? यस्तो सम्भव छ र ?’
राज साहब र दिलिप साहबले पनि गरेका थिए संघर्षः सलिम खान
सुशान्त सिंह राजपूतको मृत्यु पछि आउटसाइडर्सलाई कम मौका दिइने भएकाले उनीहरुले मानसिक तनाव झेल्नुपर्छ । इन्साइडरले त सजिलै काम पाउँछन् भन्ने कुरामा सलिम खानले जवाफ दिए, ‘ग्ल्यामर इन्डिष्ट्रिमा ट्यालेन्टबाहेक केही चल्दैन । इन्साइडर, आउटसाइडर केही पनि चल्दैन । न कोही छोरा चल्छ न कोही गडफादर । क्षमता हुनुपर्छ । आउटसाइडरले जस्तो संघर्ष गर्यो भन्ने कुरा आइरहेका छन् नि, संघर्ष त राज साहबले पनि गरेका थिए दिलिप साहबले पनि गरेका थिए । ’
उनले थपे, ‘साँच्ची भन्ने हो भने म यस्ता विषयमा केही बोल्न नै चाहन्नँ किनभने उनीहरुको चाहना नै यहि हो । यसमार्फत् एउटा झुटो बहस सृजना होस् भन्ने चाहन्छन् । अचम्मको कुरा छ । यिनिहरुले त संसारमा अहिले जे भइरहेको छ, त्यसमा सलमान जिम्मेवार छन् भन्न पनि बेर लगाउँदैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म