केन्द्रीय संस्करण

जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

person explore access_timeअसार ३, २०७७ chat_bubble_outline0

काठमाडौं । राजधानीकाे टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका  १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

 काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसी लगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यसैगरी काठमाडौंकै कीर्तिपुर नगरपालिका-६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ  र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.