भाटभटेनीका अध्यक्ष गुरुङले टिचिङ अस्पतालमा नयाँ भवन बनाइदिने, लागत ११ करोड, १० महिनाभित्रै हस्तान्तरण गरिने
![भाटभटेनीका अध्यक्ष गुरुङले टिचिङ अस्पतालमा नयाँ भवन बनाइदिने, लागत ११ करोड, १० महिनाभित्रै हस्तान्तरण गरिने](https://rpcdn.ratopati.com/media/albums/bhate_aXFh7I7clu.jpg)
काठमाडौं– भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवी शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् ।
भवनको शिलान्यास बुधबार भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् । भवन १० महिना भित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना छ ।
भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशक समेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।
अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । बेसमेन्ट सहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ । गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवी शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।
‘हामीले यसअघि पनि १० करोड जति लगानीमा त्यहाँ भवन बनाइ दिएका थियौं’, भाटभटेनीका अध्यक्ष गुरुङले भने, ‘अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटर सहितको व्यवस्था हुन्छ । यसअघि ६ महिना भित्रै तयार गर्ने योजना थियो तर कोरोना महामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको केही दिन पश्चिम नेपालमा मौसम बदली, त्यसको असर काठमाडौंसम्मै पर्ने
-
१२ बजे, १२ समाचार : एनपीएल सकिएपछि पारसको प्रतिक्रियादेखि समीक्षा पुगिन् साइबर ब्यूरोसम्म
-
एनपीएल सकिएपछि पारस खड्काले भने– अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउँछौँ
-
जनकपुरले जितेपछि पुबुदुले भने– मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी
-
एनपीएलमा हारेपछि सुदूरपश्चिमका प्रशिक्षक टमटाले के भने ?
-
विदेशमा रहेका नेपालीको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : शर्मा