बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नदीमा बेपत्ता बालकको शव बरामद

बुधबार, ०३ असार २०७७, ०९ : १८
बुधबार, ०३ असार २०७७

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँमा रहेको झाँझ नदीमा बेपत्ता बालकको १४ घन्टा शव बरामद गरेको छ । स्थानीय मुकेश पाश्वानको छोरा १० वर्षीय सुरज पाश्वानको घटना स्थल बाट झन्डै १५० मिटर तल खोला किनारमा शव बरामद भएको स इ सुरेन्द्र सिंहले जानकारी दिएका छन ।

मंगलबार अपरान्ह तीननजना साथी संग नुहाउन जाँदा उनी नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको सहयोगमा २ जना बालकको जिवितै उद्वार गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले जानकारी दिएका छन ।

यसैबीच पछिल्लो केही दिनदेखि जिल्लास्थित नदी तथा खोलामा बाढी आइरहेको र स्थानीय तहहरुले गरिरहेका विकास निर्माणमा खाल्डाहरु बनाएकाले आ–आफ्ना बालबालिकालाई निगरानी गर्न सबै अभिभावकलाई ईलाका प्रहरी कार्यालय गरुडाले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप