मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय

के जनतासँग झुक्दैमा सरकार सानो हुन्छ र ?

जनताको प्रश्नको जवाफ दिनु राज्यको दायित्व हो : वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्मा
बुधबार, ०३ असार २०७७, ०८ : ४८
बुधबार, ०३ असार २०७७

केहीदिन यता काठमाडौंलगायत देशका मुख्य सहरका सडक तातेका छन् । इनअफ इज इनअफ नारासहित निस्किएको हुल कुनै राजनीतिक पार्टीबाट स्वचालित भन्दा पनि स्वतस्फूर्त निस्किएको आक्रोश हो भन्ने प्रष्ट देखिन्छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतबाट सुरु भएको अभियान सडकमा पुगेको छ ।

एकातिर कोरोनाभाइरसको महामारीका कारण महिनौं घरभित्र थुनिएका जनता, कोरोनाभाइरसले भन्दा गरिबी र अन्य कारणले मानिसको मृत्यु भइरहेको अवस्था, अनि कोरोनाभाइरस भन्दा खतरनाक सामाजिक भाइरस भ्रष्टाचार मौलाएको अवस्थामा आक्रोश बढ्नु सामान्य भएको वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्माको बुझाइ छ ।

लामो समयदेखि मानवीय मनोविज्ञानलाई नजिकबाट छाम्दै र उपचार गर्दै आएका डा. शर्मा प्रधानमन्त्रीबाट राहत र आश्वासनको पोकोसहितको जवाफ कुरेर बसेका जनतामा यस्ता अभिव्यक्तिले झनै निराशाको बादल मडारिन पुगेको र जनता खासगरी युवाहरुको मनोविज्ञानमा नकारात्मक असर परेको बताउँछन् ।


महामारी नियन्त्रण तथा उपचारका नाममा १० अर्ब लगानी गरिसकेको भन्ने सरकारले जनतालाई त्यसको हिसावकिताव बुझाउन नसक्नु पनि जनआक्रोसको अर्को कारण हो । सडकमा युवा आन्दोलनकारीहरुको भिड बढ्दै जाने हो भने महामारी नियन्त्रण होइन, त्यसले अझ उग्र रुप लिन सक्नेमा दुईमत छैन तर यसलाई रोक्न सरकारले जनतालाई चित्तबुझ्दो जवाफ दिनुको विकल्प छैन ।

सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही दिन अगाडि आन्दोलनलाई कोरोनामाथि सवार राजनीति भन्ने अभिव्यक्ति दिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले अब आन्दोलन गर्नुपर्दैन, देश बन्छ, नेपालीको रोग प्रतिरोधी क्षमता बलियो छ अनि नुन, बेसारले नै कोरोना निको हुन्छ भन्नेजस्ता हल्का अभिव्यक्ति दिए । यसले १० अर्बको हिसाब, पीसीआर विधिबाट कोरोना परीक्षण, व्यवस्थित क्वारेन्टिन र आइसोलेसनको दर बढाउनुपर्ने माग राख्दै सडकमा ओइरिएका युवामाथि बल मिच्याई र धम्कीको भाषा प्रयोग गर्दै सरकार उनीहरुलाई अझ उग्र पार्न प्रोत्साहन गरिरहेको भान हुन्छ ।

राज्य संयन्त्र र राज्यका कामकारवाहीबाट असन्तुष्ट र राज्यलाई जनउत्तरदायी बन्न आह्वान गर्दै निस्किएको हुल वास्तवमा कहाँबाट संचालित छ त ? भन्ने प्रश्न उठिरहेको छ । एकातिर महामारीको चपेटा, अर्कोतर्फ भविष्यको अन्यौलका बीच युवाहरुमा फ्रस्ट्रेसनको लेभल बढ्दै जाँदा स्वतस्फूर्त आन्दोलित हुनु स्वाभाविक भएको डा. शर्मा बताउँछन् ।


लामो समयदेखि मानवीय मनोविज्ञानलाई नजिकबाट छाम्दै र उपचार गर्दै आएका डा. शर्मा प्रधानमन्त्रीबाट राहत र आश्वासनको पोकोसहितको जवाफ कुरेर बसेका जनतामा यस्ता अभिव्यक्तिले झनै निराशाको बादल मडारिन पुगेको र जनता खासगरी युवाहरुको मनोविज्ञानमा नकारात्मक असर परेको बताउँछन् ।

राज्य संयन्त्र र राज्यका कामकारवाहीबाट असन्तुष्ट र राज्यलाई जनउत्तरदायी बन्न आह्वान गर्दै निस्किएको हुल वास्तवमा कहाँबाट संचालित छ त ? भन्ने प्रश्न उठिरहेको छ । एकातिर महामारीको चपेटा, अर्कोतर्फ भविष्यको अन्यौलका बीच युवाहरुमा फ्रस्ट्रेसनको लेभल बढ्दै जाँदा स्वतस्फूर्त आन्दोलित हुनु स्वाभाविक भएको डा. शर्मा बताउँछन् ।

कोरोनाभाइरसका कारण सिर्जित अहिलेको परिस्थितिबाट थकित बनेका युवाहरुमा मानसिक असर, त्यसमाथि राज्यले राज्य छ है भन्ने आभास जनतालाई दिलाउन नसक्दा उनीहरुमा राज्यप्रति उब्जिएको वितृष्णाको उपज हो कि भन्न सकिने अवस्था पनि रहेको उनको भनाइ छ ।

देशमा युवाशक्ति टकटकिएको अवस्थामा राज्यले विदेशिएका उनीहरुलाई स्वदेश फर्काउन र स्वदेशमा रहेकालाई टिकाउन पहल गर्नुपर्ने हो । र, मौका पनि यही थियो कि युवा शक्तिलाई स्वदेश फिर्ता गर्ने र आफ्नो माटोमा सुन फलाउन प्रोत्साहन गर्ने । तर राज्यले युवालाई घर आउने भए डबल भाडा तिरेर आऊ, होइन भने त्यतै बस भन्ने शैलीको व्यवहार गर्दा बचेकुचेका युवाहरुमा वितृष्णाको जालो अझ फैलिन सक्ने देखिन्छ ।

वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्मा कोरोना महामारी नियन्त्रणका लागि लकडाउन सुरु गर्दादेखि नै राज्य गम्भिर बन्न नसक्दा आज यो परिस्थिति आएको बताउँछन् । प्रशस्त समय हुँदा हुँदै पनि खासै योजना बनाउन नसक्दा र बनेका योजनालाई पनि सहि ढंगले कार्यान्वयन नगर्दा समस्या थपिएको उनको बुझाइ छ ।


वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्मा कोरोना महामारी नियन्त्रणका लागि लकडाउन सुरु गर्दादेखि नै राज्य गम्भिर बन्न नसक्दा आज यो परिस्थिति आएको बताउँछन् । प्रशस्त समय हुँदा हुँदै पनि खासै योजना बनाउन नसक्दा र बनेका योजनालाई पनि सहि ढंगले कार्यान्वयन नगर्दा समस्या थपिएको उनको बुझाइ छ ।

महामारीले लपेटीरहेको अवस्थामा कमिशनको चक्रव्यूहमा सरकार पर्नु, भोको पेटले देहलिला नै समाप्त हुने अवस्थामा पुगेका जनताका पक्षमा सरकार गम्भिर बन्नुपर्ने बेला कार्पेट र कमिशनका खबरले युवा मात्र होइन, सबै जनतामा आक्रोश पैदा भयो ।

सडकमा निस्किएका मास्क अनि मुकुण्डोसहितको आन्दोलनकारी कुन अवस्थाबाट आए र कता जाँदैछन् ? यो कस्तो मनोसामाजिक अवस्थाको उपज हो ? अनि के युवामा मनोवैज्ञानिक त्रासले डेरा जमाएकै हो त ? भन्ने सवालमा वरिष्ठ मनोचिकित्सक डा. विश्वबन्धु शर्मा यो हुल राज्यको गभर्नेन्स शैलीविरुद्धको आक्रोशले सिर्जित भएको बताउँछन् ।

युवाको आक्रोश राज्य व्यवस्था विरुद्धको हो

कोरोनाभाइरस जस्ता भाइरसहरु फैलिरहन्छन् । यो क्रम चलिरहन्छ । कहिले भाइरस शक्तिशाली हुन्छन् त कहिले हाम्रो स्वास्थ्य । विस्तारै यसको शक्ति कम हुँदै जान्छ र एक्स्पोज कम हुन्छ । विस्तारै सबै भाइरसको सम्पर्कमा आउँछौं र ढिलोछिटो यसको प्रभाव पर्छ नै । त्यसैले यो आन्दोलन कोरोनाभाइरसले निम्त्याएको भन्दा पनि राज्य संयन्त्रको कार्यशैलीविरुद्ध लक्षित रहेको डा. शर्मा बताउँछन् ।

मुख्य त सरकारको शैली, काम गर्ने तौरतरिका अनि जनताका गुनासाप्रति सरकारको प्रतिकृयाले उब्जाएको जस्तो देखिन्छ । आन्दोलनकारीले कुनै राजनीतिक विचारधारा व्यक्त गरेको पनि देखिँदैन त्यसैले यो सरकारी गभर्नेन्सको उपज नै जस्तो देखिन्छ । आन्दोलनले जनताप्रति सरकारी संवेदनशीलता, गुड गभर्नेन्स, ट्रान्परेन्सीको माग गरेको देखिन्छ ।


मुख्य त सरकारको शैली, काम गर्ने तौरतरिका अनि जनताका गुनासाप्रति सरकारको प्रतिकृयाले उब्जाएको जस्तो देखिन्छ । आन्दोलनकारीले कुनै राजनीतिक विचारधारा व्यक्त गरेको पनि देखिँदैन त्यसैले यो सरकारी गभर्नेन्सको उपज नै जस्तो देखिन्छ । आन्दोलनले जनताप्रति सरकारी संवेदनशीलता, गुड गभर्नेन्स, ट्रान्परेन्सीको माग गरेको देखिन्छ ।

अहिले बाहिर निस्किएको आक्रोस सरकारले कोरोना कोषमा १० अर्बको खर्च देखायो तर यहाँ १० अर्वले के चाहिँ गर्यो त भन्ने खोजीको हो । डा. शर्माकाअनुसार युवाहरु देशको गरिबी, भ्रष्टाचार, बेथिती, अनि अहिले महामारी नियन्त्रणमा राज्यले गरेको खर्चको हिसाब ट्रान्सपरेन्ट हुनुपर्ने, पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टिनलाई व्यवस्थित गरिनुपर्ने र प्रशस्त आइसोलेशन वार्ड निर्माण गर्नुपर्ने जस्ता मागसहित युवाहरु सडकमा आएकोे देखिन्छ । यी र यस्तै मागसहित चिकित्सक तथा विज्ञहरुको टोली बारम्बार मन्त्रालय नपुगेको होइन तर सरकार यसरी बेवास्ता गरेर बस्न सक्छ भन्ने अनुमान गर्दा पनि असहज हुने डा. शर्मा बताउँछन् ।

सरकार प्रचण्ड बहुमत लिएर बसेको छ एकोहोरो काम गरेको छ । जनतालाई सकारात्मक रुपमा अगाडि बढ्न प्रेरित गरेको छैन । सरकारको कार्यसम्पादन प्रति जनतामा तिव्र असन्तोष देखिएको छ । सरकार जनताको कुरा नै सुन्दैन, त्यसले जनतामा निराशा र उग्र स्वभाव बढ्दै जान्छ । यो विरोधको शैली हो । सामाजिक संजालबाट उनीहरुले आन्दोलनको आह्वान गर्दै बाहिर निस्किएका छन् । यसले विस्तारै ठूलै रुप लिन पनि सक्छ ।

के हुन सक्छ निकास ?

सडकमा उठेका नाराहरु, सडकमा उठेका अभिव्यक्तिहरु कति वास्तविकतासँग मेल नखाने पनि हुनसक्छ भने कति वास्तविक पनि हुनसक्छ । यस्तोमा सरकारले सडकमा उठान भएका विषयलाई बेवास्ता गर्न भने पटक्कै नहुने र यसलाई सम्बोधन गर्न ढिला गर्न नहुने डा. शर्मा बताउँछन् । उनी भन्छन्, ‘राज्यले अविभावकको हैसियतले आफ्ना कमी कमजोरीलाई स्वीकार गरी सुधार्नतर्फ लाग्नुपर्छ । राज्यले गरेका कोशिसबारे पनि जानकारी दिनुपर्छ । जनतासँग झुकेर निहुरिएर कोही पनि सानो हुँदैन । जनतालाई वास्तविकता बुझाउन सक्नुपर्छ । जनतामा निराशा बढ्दै गयो भने स्थिति गम्भिर अवस्थामा पुग्न सक्छ ।

नयाँ पुस्ताका युवाहरुका जायज मागलाई सम्बोधन गर्नुपर्ने उनी बताउँछन् । उनका अनुसार युवाहरुले उठान गरेका सहि विषयलाई सम्बोधन गरी उनीहरुलाई निराश हुनबाट बचाउनुपर्छ । युवा भनेका मुलुकका भविष्य हुन्, उनीहरुमा राज्यप्रतिको वितृष्णा जागृत हुन दिनुहुँदैन । यसबारे राज्य आफै संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।

https://snworksceo.imgix.net

अमेरिकाबाट सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर’को नारासहितको आन्दोलनले विश्वभर उग्र रुप लिइरहेको बेला नेपालमा पनि त्यसको प्रभाव परेको हुनुपर्छ । यस्ता आन्दोलनको कुनै उद्देश्य हुँदैन । तातो आक्रोस हुन्छ । यसमा घुसपैठ भएको खण्डमा त्यसले हिंसात्मक बाटो पक्रन सक्नेतर्फ उनी सचेत गराउँछन् ।


अमेरिकाबाट सुरु भएको ब्ल्याक लाइभ्स म्याटरको नारासहितको आन्दोलनले विश्वभर उग्र रुप लिइरहेको बेला नेपालमा पनि त्यसको प्रभाव परेको हुनुपर्छ । यस्ता आन्दोलनको कुनै उद्देश्य हुँदैन । तातो आक्रोस हुन्छ । यसमा घुसपैठ भएको खण्डमा त्यसले हिंसात्मक बाटो पक्रन सक्नेतर्फ उनी सचेत गराउँछन् ।

शर्मा भन्छन्, ‘यसरी सडकमा निस्किएको आक्रोसलाई उत्तेजित पार्ने होइन कि उनीहरुले उठाएका विषयमा गम्भिर भएर जवाफ दिने हो भने राज्यप्रति जनताको विश्वास पनि बढ्छ र राज्य संचालनमा सहजता पनि थपिन्छ । सबैले के बुझ्न जरुरी छ भने ठूला ठूला परिवर्तन अनि ठूला ठूला विद्रोहहरु साना साना घटना अनि साना समूहबाट सुरु भएका हुन्छन् । यो विस्तारै बढ्दै जान्छ । हामी सर्वशक्तिमान छौं, कसैले हामीलाई छुन सक्दैन भन्ने मानसिकता त्याग्नुपर्छ । इतिहासबाट पाठ सिक्नुपर्छ । अहिले युवाहरुको मात्र जमात देखिए पनि विस्तारै सबै वर्ग यो आन्दोलनमा सामेल हुनेछन् ।

सरकारले आफ्नो तरिकाले काम गरेको हुन सक्छ । तर प्रधानमन्त्री जस्तो व्यक्तिले दिने सार्वजनिक अभिव्यक्ति र प्रतिकृयाहरु स्वाभाविक खालको नभएकाले पनि यसले समस्या पैदा गरेको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति जनता सन्तुष्ट छैनन्, जसको जवाफ जनताले सडकबाट दिइरहेको देखिन्छ ।

लामो समयको लकडाउन, बेरोजगारी, अवसरको कमी, बेथिती, भ्रष्टाचार जस्ता कुराले युवाहरुमा मात्र होइन, सबै वर्गमा नकारात्मक असर त परेको छ नै, सँगै अन्यौलता थपिदिएको छ । यो अवस्थामा हामी छौं भनेर राज्यले आस्वस्त पार्नुपर्ने हो तर त्यो महसुस जनताले गर्न नै पाएनन्, जसको परिणाम आज सडकमा देखिएको छ । जनतालाई राज्य छ भन्ने आभास दिलाउनुपर्छ त्यसैले बेलैमा उचित सम्बोधन गरेर जनतालाई आश्वस्त पार्न जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप