बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाका ६ राज्यमा रेकर्ड स्तरको संक्रमित फेला, ट्रम्पद्वारा  महामारी पुनः फैलिएको कुरा अस्विकार

बुधबार, ०३ असार २०७७, ०८ : ४५
बुधबार, ०३ असार २०७७

अमेरिकाको ६ राज्यमा २४ घण्टामा अहिलेसम्मको सर्वाधिक संक्रमित भेटिएका छन् ।

टेक्सस, फ्लोरिडा, ओकलाहोमा, एरिजोना, नेवाडा र ओरेगनमा मंगलबार हालसम्मको सबैभन्दा धेरै संक्रमित फेला परे ।

केही स्वास्थ्य अधिकारीले व्यापार पुनः सुचारु गरेका कारण यस्तो भएको बताएका छन् ।

टेक्ससका गभर्नरले अहिले धेरैको परीक्षण भइरहेका कारण संक्रमितको संख्या बढी देखिएको बताएका छन् ।

केही जानकारीका अनुसार ओरेगनमा एक चर्चका कारण २ सय बढी व्यक्ति संक्रमित भएका छन् ।

यी खबरबीच अमेरिकामा महामारीको नयाँ चरण सुरु हुन लागेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

यद्यपि, अमेरिकी राष्ट्रपतिले यसलाई खारेज गरिदिएका छन् । उनले यदि परीक्षण कम गर्ने हो भने धेरै कम संक्रमित देखिने उनले सोमबार बताएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप