शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा एकैदिन ३५ हजार नयाँ संक्रमित देखिए

बुधबार, ०३ असार २०७७, ०८ : १५
बुधबार, ०३ असार २०७७

ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् । यसका साथै ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कूल १ हजार २ सय ८२ जनाको ज्यान गएको छ । यहाँ मृतकको संख्या ४२ हजार २ सय ४१ पुगेको छ ।

मृत्यु र संक्रमणको हिसाबले ब्राजिल अमेरकापछि दोस्रो स्थानमा छ । ओर्गनाइजेशन फर इकनोमिक को–अपरेशन एण्ड डेभलपमेन्टले ब्राजिललाई कोरोनाको दोस्रो लहर आए यहाँको अर्थव्यवस्था ९.१ प्रतिशत भन्दा पनि तल खस्कने चेतावनी दिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप