ट्रम्पले अमेरिकी सैनिक कटौती गर्ने घोषणा गरेलगत्तै जर्मनीको प्रतिक्रिया
एजेन्सी । जर्मनीमा अमेरिकी सैनिकको आवश्यकता बर्लिनलाई नभई अमेरिका र यूरोपेली संघको सुरक्षाका लागि बढी महत्वपूर्ण रहेको जर्मनीका विदेशमन्त्री हेइको मासले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा रहेका अमेरिकी सैनिकको सङ्ख्यामा कटौती गर्ने घोषणासँग जर्मनीको यो धारणा आएको हो ।
‘हामीलाई लाग्छ जर्मनीमा अमेरिकी उपस्थितिको महत्व जर्मनीलाई मात्र नभई अमेरिका तथा खासगरी यूरोपेली संघको सुरक्षाका लागि महत्वपूर्ण रहेको छ’ विदेशमन्त्री मासले आफ्नो पोल्याण्ड भ्रमणका क्रममा मङ्गलबार भने । यस पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले जर्मनीले नेटोको योगदानमा ‘इमान्दारिता’ नदेखाएको र अमेरिकासँगको व्यापारमा ‘गलत अभ्यास’ गरेको भन्दै जर्मनीमा रहेको अमेरिकी सैनिक सङ्ख्यामा कटौति गर्ने घोषणा गरेका थिए ।
जर्मनीमा ५२ हजार अमेरिकी सैनिक रहेको र यसलाई कटौती गरी २५ हजारमा सिमित गरिन लागेको ट्रम्पले बताएका थिए । तर पेन्टागनका अनुसार ३४ हजार देखि ३५ हजार अमेरिकी सैनिक जर्मनीमा स्थायीरूपमा रहेका र आउने जाने क्रममा अस्थायीरूपमा बसोबास गर्ने सैनिकको समग्र सङ्ख्या ५० हजारभन्दा बढी भएको जनाएको छ ।
यसैबीच नेटो प्रमुख जेन्स स्टलटेनवर्गले भने मङ्गलबार यूरोपमा रहेका अमेरिकी सैनिकले एटलान्टिकमा दुबै पक्षलाई सुरक्षित बनाएको धारणा राखेका छन् । यूरोपेली सुरक्षामा अमेरिकी भूमिकासम्बन्धी ट्रम्पका पछिल्ला धारणालाई सहयोगी राष्ट्रहरूका लागि अमेरिकाको कमजोर प्रतिवद्धता भन्दै आलोचना भएको छ । अमेरिकाले द्वित्तीय विश्व युद्धपछि शीत युद्धको उत्कर्षसम्ममा अमेरिकी दशौँ हजार अमेरिकी सैनिकलाई यूरोपमा तैनाद गर्दै आएको छ ।
यसैबीच अमेरिकी सैनिकको सङ्ख्या बढाउने पोल्याण्डको योजनाबारे प्रधानमन्त्री मातेउज मोराविकीले सोमबार जर्मनीलाई आश्वस्त पारेका थिए । पोल्याण्डमा अमेरिकी सैनिकको सङ्ख्या बढाउने बिषय जर्मनीले असहज रूपमा लिएपछि पोल्याण्डको सरकारको तर्फबाट जर्मनीको विश्वास लिने प्रयास भएको थियो ।
सोमबारको एक अन्तवार्तामा मोराविकीले भने– ‘अमेरिकाले जर्मनीमा आफ्नो सैनिकको उपस्थितिलाई घटाउने योजना वाल स्ट्रिट जोर्नलमा प्रकाशित समाचारमा आएको केही दिनपछि पोल्याण्डमा अमेरिकी सैनिकको केही सङ्ख्यालाई बढाउने योजना अघि सारिएको हो ।’
‘हाम्रो चाहना अमेरिकी सेनाको जर्मनीमा हुने खर्चमा कटौति गर्ने होइन’ प्रधानमन्त्री मोराविकीले बाल्टिक न्यूज सर्भिस (बीएनएस) सँगको अन्तवार्तामा भने । जर्मन विदेशमन्त्री हेको मासको मङ्गलबार हुने वार्सा भ्रमणको पूर्वसन्ध्यामा पोलिस प्रधानमन्त्रीको यो भनाई आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जलसमा फेरि भड्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?
-
आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ