रूसको दक्षिणी सहर नजरानमा गोली चल्दा ४ जनाको मृत्यु
मङ्गलबार, ०२ असार २०७७, २३ : ३५

एजेन्सी । रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका रूसी स्रोतले बताएको छ । पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय वासिन्दाको एउटा समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन् । स्थानीय साना घटनाको अनुसन्धान प्रयोजनका लागि रहेको रूसी उक्त समितिका अनुसार घटनामा १५ जनाको सहभागिता रहेको थियो । विवाद आपन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ । मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव
-
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
-
प्रि–मनसुनमा कसरी भित्र्याउने हिउँदेबाली ?