मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रूसको दक्षिणी सहर नजरानमा गोली चल्दा ४ जनाको मृत्यु

मङ्गलबार, ०२ असार २०७७, २३ : ३५
मङ्गलबार, ०२ असार २०७७

एजेन्सी । रूसको दक्षिणी शहर नजरानमा दुई समूहबीच भएको झगडामा गोली चल्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका रूसी स्रोतले बताएको छ । पूर्व इन्गुसेटिया गणतन्त्रको राजधानी रहेको नजरानस्थित एक अनुसन्धान समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय वासिन्दाको एउटा समूहबीच भएको विवादपछि गोली चलेको र घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका छन् । स्थानीय साना घटनाको अनुसन्धान प्रयोजनका लागि रहेको रूसी उक्त समितिका अनुसार घटनामा १५ जनाको सहभागिता रहेको थियो । विवाद आपन्तबीचको जग्गाको टुक्रालाई लिएर भएको बताइएको छ । मृतकमध्ये एक प्रहरी र एक राष्ट्रिय सुरक्षा अधिकृत पनि रहेका बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप