मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको झाँझ नदीमा एक बालक बेपत्ता

मङ्गलबार, ०२ असार २०७७, २० : ३३
मङ्गलबार, ०२ असार २०७७

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँ छेउमा रहेको झाँझ नदिमा एकजना बालक बेपत्ता भएका छन् । ३ जनाको समूहमा नुहाउन गएका मध्ये १ बालक नदीमा बगेर बेपत्ता भएका हुन्  । नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको १० बर्षिय छोरा सुरज पाश्वान नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

सँगै नुहाउन गएका ३ जना बालक मंगलबार दिउँसो उक्त नदीमा बेपत्ता भएका थिए । लगत्तै स्थानीय र प्रहरीको टोलिले २ जनालाई सकुशल उद्दार गरेको र  सुरज बेपत्ता भएको डिएसपी महतोले जानकारी दिए । बेपत्ता बालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो केही दिनदेखि वर्षासँगै रौतहटका नदी खोलामा बाढी समेत आउन सुरु भएको छ । बाढी आउने मौसम सुरु भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै आआफ्नो बालबालिकालाई निगरानी गर्न र कुनै अप्रिय घटना हुन नदिन जिल्लाबासिलाई आह्वान समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप