शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अग्रपंक्तिमा खट्नेहरुका लागि विशेष प्याकेज ल्याउन प्रदेश २ काँग्रेसको माग

मङ्गलबार, ०२ असार २०७७, १९ : ४९
मङ्गलबार, ०२ असार २०७७

जनकपुर । प्रदेश नम्बर २ को प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलले तत्काल आइसोलेसन र क्वारेन्टाइनको संख्या वृद्धि गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ । काँग्रेसले कोरोना संक्रमितको संख्या बढिरहेको रहेकोले महामारीले भयावहरुप लिन सक्ने खतरा औंल्याउँदै मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएको हो ।

संसदीय दलका नेता रामसरोज यादवले ज्ञापनपत्र बुझाउँझै क्वारेन्टाइनस्थलहरु कोरोना नियन्त्रणको साटो महामारी फैलाउने थलो बनेको भन्दै तत्काल व्यवस्थित र विस्तार गर्न माग गरे । कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारहरुका लागि सरकारले कुनै पनि किसिमको योजना बनाउन नसकेको भन्दै काँग्रेसले तत्काल ठोस योजना बनाइ पहल गर्न समेत माग गरेको छ । 

त्यस्तै ईलाका प्रहरी कार्यालय सबैलामा हिरासतमा मृत्यु भएका शम्भु सदाको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न समेत काग्रेसले माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै काँग्रेसले सो माग गरेको हो । गत जेठ २८ गते धनुषास्थित ईप्रका सबैलाको हिरासतमा शम्भु मृत भेटिएका थिए ।

काँग्रेस धनुषाका सभापति महेश शंकर गिरीले बुझाएको ज्ञापनपत्रमा धनुषाको जटही नाकामा मृत्यु भएका वीरेन्द्र गुरमैता यादवको परिवारलाई पनि उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप