प्रदेश ५ काँग्रेस संसदीय दलको प्रधानमन्त्रीसँग १० बुँदे माग
बुटवल । नेपाली काँग्रेसले कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्नुपर्ने लगायत १० बुँदे मागसहितको ध्यानाकर्षणपत्र सरकारलाई बुझाएको छ । नेपाली कांग्रेस, प्रदेशसभा संसदीय दलका कार्यवाहक नेता बीरेन्द्रकुमार कनौडियाले मंगलबार प्रदेश ५ का मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
प्रदेश ५ कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै काँग्रेसले आरडीडीको साटो क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ । काँग्रेसले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनको उचित व्यवस्थापन र सञ्चालन गर्न, महिला र पुरुषलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गर्न, नियमित स्वास्थ्य निगरानी, आवश्यक औषधी र एम्बुलेन्सको अनिवार्य व्यवस्था गर्न माग गरेको छ ।
पत्रमा कोरोना संक्रमितको उपचारका लागि कोरोना विशेष अस्पताललाई आवश्यक उपकरण, औषधी, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेसन बेड, जनशक्तिको व्यवस्था अविलम्व गर्न र अन्य रोगका बिरामीले पनि विना अवरोध उपचार पाउने सुनिश्चिता गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै विदेशमा विचल्लीमा परी घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक अविलम्व स्वदेश ल्याउने व्यवस्था गर्न र विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन पनि कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
कोरोना महामारीको विपद्ले खाद्य अभाव भई भोकमरीको संकट आउन सक्ने खतरा औंल्याउँदै काँग्रेसले किसानलाई समयमै बीउ, विजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउन समेत सरकारसँग माग गरेको छ ।
प्रदेश सरकार गठन भएको साढे २ वर्ष बितिसक्दा पनि सरकारले नामाकरण र स्थायी राजधानी तोक्ने कार्यको प्रक्रिया अघि नबढाएको भन्दै काँग्रेस संसदीय दलले तत्काल प्रक्रिया अघि बढाउन पनि माग गरेको छ । कोभिड–१९ विरुद्धको लडाईमा नेपाली काँग्रेस सरकारको साथमा रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका कार्यवाहक नेता कनौडियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकप्रति विज्ञको चर्को आपत्ति, भन्छन्– ‘कर्मचारी खुसी पार्ने कि जनताको पक्षबाट सोच्ने ?’
-
क्रिसमसको एक दिनअघि अमेरिकाकै ठुलो एयरलाइन्सको उडान रोकिएपछि...
-
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे झन् अन्योल
-
वाइडबडीमा नेपाललाई घुस दिने कम्पनीलाई ५५ मिलियन अमेरिकी डलर जरिवाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह