शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याच फिक्सिङ मुद्दाः सर्वोच्चद्वारा पूर्व कप्तान थापासहित ६ जनालाई सफाई

मङ्गलबार, ०२ असार २०७७, १७ : ०७
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापासहित ६ जनालाई सफाई दिएको छ। तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् । ६ वर्षअघि महानगरीय अपराध महाशाखाले थापासहित ६ जनालाई पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा उनीहरुलाई प्रहरीले २०७२ साल असोज २७ पक्राउ गरेको थियो ।  २०७५ जेठ २४ गते विशेष अदालतले उनीहरुलाई म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । त्यसलगत्तै उनीहरु विरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा दायर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप