उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्कका लागि बनाएको कार्यालय बमले उडायोः रिपोर्ट
मंगलबार उत्तर कोरियाले दक्षिण कोरियासँग सम्पर्क स्थापित गर्नका लागि केइसङको सीमा क्षेत्रमा बनाएको सम्पर्क कार्यालय बमले उडाइदिएको दक्षिण कोरियाका युनिफिकेशन मिनिस्टरले जानकारी दिएका छन् ।
दक्षिण कोरियाको मिनिस्ट्री अफ युनिफिकेशन (एमओयु) ले उक्त बिस्फोट स्थानीय समयानुसार दुई बजेर ४९ मिनेटमा भएको हो ।
उत्तर कोरियाले दक्षिण कोरियाको सीमामा बनेको यो संयुक्त औद्योगिक कम्प्लेक्समा बनेको कार्यालय ध्वस्त पारेको रिपोर्टमा उल्लेख छ । यो घटनापछि परमाणु हतियारद्वारा सुसज्जित उत्तर कोरिया र छिमेकी दक्षिण कोरियाबीचको तनाव निकै गहिरिएको छ ।
यसअघि उत्तर कोरियाली सेनाले सीमा क्षेत्रस्थित सैन्यरहित इलाकामा प्रवेश गर्न तयार रहेको जनाएको थियो ।
दक्षिण कोरिया हुँदै देशबाट भागेकाहरुले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि दुई देशबीच तनाव छ । झन्डै एक साताअघि दक्षिण कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई कारबाहीका लागि तयार रहन आदेश दिइएको बताएकी थिइन् । र, अहिले उनले सेनाले फ्रन्टलाईनमा खटिएर देशको रक्षा गर्न तयार रहेको जनाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास