बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

सामूहिक बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न महिला सांसदको माग

मङ्गलबार, ०२ असार २०७७, १३ : ०९
मङ्गलबार, ०२ असार २०७७

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गरेका छन् ।  क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभा  सदस्य पूर्णा  जोशीले बताइन् । 

उनले बझाङ, डोटीलगायत जिल्लामा पनि क्वारेन्टिन भित्र महिलामाथि विभिन्न प्रकारका घटना भएको सार्वजनिक भइरहेकाले महिलालाई होम क्वारेन्टिनमा राख्नुपर्ने माग गरिन् ।  प्रदेशसभा सदस्य नन्दा बमले बलात्कारको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताइन् । न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टिनमा यसरी महिला राख्नु व्यवस्थापनको ठूलो कमजोरी भएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीको भनाइ छ ।

बलात्कारको आरोप लागेकाहरूमाथि छानबिन गरी आवश्यक कारबाही गरेर पीडितलाई न्याय दिलाउनुपर्ने सांसद चौधरीले बताइन् । उनले क्वारेन्टिनलाई महिलामैत्री बनाउन सुदूरपश्चिम प्रदेश सरकार गम्भीर हुनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप