शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको केहि घण्टा पछि नै दुलहीले नदीमा हाम फालिन्, दुलहा किनारामा बसेर एकोहोरो हेरिरहे

मङ्गलबार, ०२ असार २०७७, ०९ : १५
मङ्गलबार, ०२ असार २०७७

भारतको राजस्थान र मध्यप्रदेश राज्यको सीमामा रहेको पाली ब्रिजमा आइतबार बिहान अञ्जु नामकी दुलहीले माइतीबाट विदा भएपछि घर पुग्नुअघि नै नदीमा हाम फालेकी छिन् । उनको खोजी सोमबार पनि जारी रह्यो । दुलहीका माइती र घर पक्षका सदस्य पनि घटनास्थलमा उपस्थित भए । दुलहा पनि किनारामा बसेर एकोहोरो हेरिरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

बान्ता आउन लागेको भनेर राकिन् गाडीः

प्रहरीका अनुसार अल्लापुर गाउँमा बस्ने रामप्रसाद सैनीकी छोरी अञ्जु सैनीको विवाह शनिबार भयो । मध्यपुरको श्योपुर जिल्लाबाट जन्ती आयो । त्यसपछि आइतबार बिहान दुलहीका आमा–बुवा र आफन्तले दुलहीलाई खुसी–खुसी बिदाई गरे । त्यसपछि दुलहीले राजस्थान र मध्य प्रदेशको सीमामा रहेको पाली ब्रिजमा पुग्ने बित्तिकै चालकलाई आफूलाई बान्ता आउन लागेको भनेर गाडी रोक्न लगाइन् ।

चालकले झ्यालबाटै बान्ता गरिदिन भन्दै गाडी रोकेनन् । दुलहीले पुनः आफूलाई असाध्यै गाह्रो भएको भन्दै गाडी रोक्न आग्रह गरिन् । उनले चालकको हात समातिन् जसका कारण चालकको सन्तुलन बिग्रन थाल्यो । सन्तुलन बिग्रिएको देखेर चालकले गाडी रोके । दुलहा र परिवारका अन्य सदस्यले केही बुझ्नुअघि नै दुलही गाडीबाट निस्किइन् र रेलिङमा चढेर हाम फालिन् । प्रत्यक्षदर्शी चालकका अनुसार नदीमा हाम फालेपछि उनी केही बेर पानीको डुबेको र पछि पानीमाथि आएर छटपटाएको देखिइन् । तर त्यहँ उपस्थितमध्ये कसैलाई पनि पौडी खेल्न नआउने भएकोले दुलहीलाई सहयोग गर्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप