केन्द्रीय संस्करण

नवलपरासीमा २१ क्युफिट अवैध काठसहित एकजना पक्राउ

person explore access_timeअसार २, २०७७ chat_bubble_outline0

परासी । प्रहरीले नवलपरासीमा अवैध काठसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधामा एक लाख मुल्य बराबरको १७ थान चारपाटे (२१.९ क्युफिट) साल जातको काठ बरामद गरेको हो ।

आइतबार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानी बस्ने विक्रम गुरुङ्गले घरमा लुकाइ राखेको उक्त काठसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।

बरामद काठ र पक्राउ परेका गुरुङ्गलाई आवश्यक कार्वाहीका लागि बर्दघाट–सरावल सब डिभिजन बन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.