शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको 'स्ट्यान्ड अप कमेडी' : हिजो हाँस्थे, आज पीडा हुँदा विद्रोह बढ्दैछ

युवाहरुको आन्दोलन राजनीतिक दलका विद्यार्थी संगठनलाई दरिलो झापड
मङ्गलबार, ०२ असार २०७७, ०८ : ३५
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं । केही दिनयता सामाजिक सञ्जाल फेसबुकको ‘कोभिड–१९ नेपाल : इनफ इज इनफ’ नामक प्राइभेट ग्रुपमार्फत युवाद्वारा सडक प्रदर्शन जारी छ ।

कोभिड–१९ विरुद्ध चालिएका कदमहरुबाट असन्तुष्ट युवाको यो समूहले सरकारलाई ध्यानाकर्षण गर्न प्रधानमन्त्री निवास बालुवाटारदेखि देशका मुख्य सहरका भौतिक दूरी कायम गरी प्रदर्शन गर्दै आएको छ । सोही समूहको सक्रियता काठमाडौँसहित मुलुकका विभिन्न सहरमा सडक प्रदर्शन भइरहेको छ । उपत्यकासहित बुटवल, पोखरा, विराटनगर, हेटौंडा, भैरहवा, धुलिखेल पाल्पालगायतका सहरमा प्रदर्शन भएका छन् ।

कुनै राजनीतिक दलको ब्यानरबिना देशभर एकैपटक नागरिकले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश लकडाउनकै बीच हजारौँ युवाले प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले विषेशतः पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणको खर्च पारदर्शीता नभएको, जथाभावी कर लगाइएको, सरकारले कोरोना महामारीसँग जुध्न सही र पर्याप्त नीति अख्तियार नगरेको विषयलाई उठाएका छन् ।

यो आन्दोलनलाई अहिलेसम्म प्रतिपक्षी जनता समाजवादी पार्टी, साझा पार्टी र विवेकशील नेपाली दलको समर्थन छ ।

महामारीमा पनि सरकार भएको बोध नभएपछि गैरराजनीतिक आन्दोलन प्रकट भएको २०६२/६३ को नागरिक आन्दोलनका अगुवा तथा राजनीतिक विश्लेषकको जिकिर छ ।

कृष्ण पहाडी

नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीका अनुसार यतिबेला समाजमा सर्वत्र असन्तोष छ । उनले भने, ‘असन्तोषको मूलकारण सरकारको नालायकीपन हो । सरकार गैरजिम्मेवार भयो । जनताप्रति जवाफदेही छैन । सरकार छ भन्ने नागरिकमा बोध नभएपछि विभिन्न कोणबाट असन्तुष्टि फुट्न थाल्यो ।’

पुरञ्जन आचार्य

प्रधानमन्त्री मनोरञ्नात्मक र सरकार प्रतिशोधात्मक भएपछि युवा विद्रोह निस्किएको पहाडीको बुझाइ छ । ‘प्रधानमन्त्री केपी ओली मनोरञ्जनात्मक हुनुभयो । जस्तो भारतमा कपिल शर्मा र नेपालमा मनोज गजुरेल स्ट्यान्ड अप कमेडियन हुनुहुन्छ, प्रधानमन्त्रीको भूमिका पनि त्यसै स्ट्यान्ड अप कमेडियनको जस्तो भयो । हिजो पीडा नहुँदा हाँस्थे । आज पीडा हुँदा मान्छेमा विद्रोह बढ्दैछ,’ उनले भने, ‘सरकार प्रतिशोधात्मक भयो । अनि नागरिकको अन्तुष्टि विभिन्न कोणबाट फुट्न थाल्यो । त्यसैको एउटा हिस्सा हो यो युवा विद्रोह ।’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि प्रधानमन्त्री ओलीको असभ्य बोली वचनले युवालाई सडकमा निकाल्ने काम गरेको सुनाउँछन् । उनले भने, ‘प्रधानमन्त्रीको बोली वचन युवालाई चिढ्याउने खालको देख्निछ । सरकारमा बस्नेहरूको विलासी जीवनशैली, भ्रष्टाचारका शृङ्खला र संकटमा सरकारको गैर जिम्मेवारीपनले युवा सडकमा आएको देख्छु ।’ पवित्र उद्देश्यसहित सरकारलाई दबाब दिने युवा सडकमा निस्किएको आचार्यको बुझाइ छ ।


श्रेष्ठका अनुसार पहिला पहिला वयस्क मात्र आन्दोलनमा निस्कन्थे । अहिले युवा निस्कन थाले । उनले भने, ‘उनीहरुका नारा हेर्दा कुनै पार्टीतिर देखिँदैन । पार्टीका मान्छे पनि युवाको कार्यक्रममा पस्यो होला । तर पार्टीको आयोजनामा भएको होइन । यसले नेपालमा नयाँ आन्दोलनको सम्भावना पैदा गरेको छ ।’


नागरिक अभियान्ता तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठका अनुसार पनि नागरिकमा देखिएको असन्तोष युवामार्फत् बाहिर निस्किएको हो । उनले भने, ‘मैले उनीहरुमो नारा हेरेँ । पिसिआर टेस्ट गर, क्वारेन्टिन व्यवस्थित बनाऊ, अर्बौंको हिसाब खै ? मुख्यत यी तीन वटा नारा देखिन्छ । यो पुरा हुनु भनेको तपाईं–हामी सबैको मनको कुरा हो । यो युवाबाट बाहिर निस्किएको मात्र हो ।’

श्रेष्ठका अनुसार पहिला पहिला वयस्क मात्र आन्दोलनमा निस्कन्थे । अहिले युवा निस्कन थाले । उनले भने, ‘उनीहरुका नारा हेर्दा कुनै पार्टीतिर देखिँदैन । पार्टीका मान्छे पनि युवाको कार्यक्रममा पस्यो होला । तर पार्टीको आयोजनामा भएको होइन । यसले नेपालमा नयाँ आन्दोलनको सम्भावना पैदा गरेको छ ।’

श्रेष्ठका अनुसार राज्यले कुनै बेठीक गर्यो भने अब पार्टी र पार्टीको भ्रातृ संगठन पर्खेर बस्नु नपर्ने परिस्थिति पैदा भएको छ । युवाको प्रदर्शनका कारण सरकारले कोरोना नियन्त्रणमा भएको खर्च विवरण सर्वजनिक गर्न बाध्य भएको उनको बझाइ छ ।

श्याम श्रेष्ठ

उनले भने, ‘युवाहरु देशव्यापी रुपमा निस्कन सक्ने अवस्था बन्यो । यस्तो आन्दोलन नेपालको इतिहासमा पहिलो पटक भएको हो । फेरि माग पनि जेन्युन छन् ।’

यसलाई एउटा भिन्न ढंगको नागरिक आन्दोलनको संज्ञा दिन सकिने उनले भनाइ छ ।

‘यसअघि नागरिक आन्दोलन राजाले शक्ति लिएपछि निस्किएको थियो । त्यो राजनीतिक थियो । यसको प्रवृत्ति राजनीतिक छैन तर नारा राजनीतिक छ,’ श्रेष्ठ भने, ‘त्यसेले यो सरकार विरुद्ध निस्किएको आन्दोलन होइन । सरकारले यसलाई रचनात्मक रुपमा लिएर सकरात्मक रुपमा अघि बढ्नुपर्छ । टाउको दुखाउनु पर्दैन ।’


आचार्यका अनुसार अहिले पनि पार्टीहरु र सरकार १९ औँ शताब्दीको ढर्रामा भएपनि समाज र युवा विज्ञान र प्रविधिको कारणले २१ औँ शताब्दीमा प्रवेश गरिसकेका छन् । त्यसलाई बुझ्ने क्षमता न सरकारको न राजनीतिक दलको भयो । ‘युवाले त्यसलाई बुझाउनका लागि सडकमा निस्किनु पर्यो,’ आचार्यले भने, ‘हामी तिमीहरुको अपरादर्शीता, निरंकुश्ता, गैर जिम्मेवारीपन स्वीकार गर्दैनाँै भनेर सडकमा निस्किए ।’


युवाको माग सरकारले सुनेपछि आन्दोलन आफै सोलाउने श्रेष्ठको बुझाइ छ । उनले भने, ‘कोरोना भाइरसको नियन्त्रणमा भएको व्यवस्थापकीय कमजोरीको कुरा मात्र छ । सरकारले त्यसलाई सुधार गरेपछि त्यो आफै सेलाउँछ ।’

तर यो आन्दोलनलाई समग्ररुपमा हेर्दा भने आचार्यको विश्लेषण फरक छ । ‘समग्ररुपमा हेर्ने हो भने हाम्रो यो सिस्टमले युवालाई छोएको छैन । यो सिस्टमसँग युवा जोडिन सकेका छैनन् । युवाको रोजगारी, राम्रो शिक्षा, स्वास्थ्य सुविधा र मनोरञ्जनका लागि हाम्रो राजनीतिक व्यवस्था, राज्यको संयन्त्र युवा विरोधी छ ।’ आचार्यका अनुसार युवा विरोधी कुरालाई कुनै राजनीति पार्टीले उठाइरहेको छैन र विपक्षी–विपक्षीजस्तो छैन ।

उनले भने, ‘तर समाज विज्ञान अगाडि बढ्छ । अगाडि बढ्ने क्रममा पार्टीहरुले प्रतिनिधित्व गर्न सक्दैनन् भने युवाले त्यसको प्रतिनिधित्व गर्छन् । यो अति नै भयो । अब हामी सहदैनौँ भनेर हामी युवाले पनि केही राजनीति, समाजमा हस्तक्षेप गर्नुपर्यो भनेर कोभिड–१९ को बेला पनि अभियान चल्यो ।’

आचार्यका अनुसार अहिले पनि पार्टीहरु र सरकार १९ औँ शताब्दीको ढर्रामा भएपनि समाज र युवा विज्ञान र प्रविधिको कारणले २१ औँ शताब्दीमा प्रवेश गरिसकेका छन् । त्यसलाई बुझ्ने क्षमता न सरकारको न राजनीतिक दलको भयो । ‘युवाले त्यसलाई बुझाउनका लागि सडकमा निस्किनु पर्यो,’ आचार्यले भने, ‘हामी तिमीहरुको अपरादर्शीता, निरंकुश्ता, गैर जिम्मेवारीपन स्वीकार गर्दैनाँै भनेर सडकमा निस्किए ।’


पहाडी भन्छन्, ‘त्यसमा सरकारभन्दा पनि नालायक नेकपा भयो । नेकपाका पार्टी संगठन पनि फ्रिज भए । साथै लोतन्त्रका धाराहरु पक्षघात गरिए । परिणाम भ्याकुम सिर्जना भयो । नेकपाले निकास दिन सकेन ।’ उनको बुझाइमा यो भ्याकुममा नयाँ स्वतन्त्र समूहको जन्म हुन खोज्यो हो । पहाडीले भने, ‘त्यसमाथि दमन भयो भने परिणाम भयानक हुनसक्छ । त्यो मार्गमा सरकार जानुहुँदैन ।’


यसलाई राजनीतिक दलले वैज्ञानिक दृष्टिकोणले निकास दिनुपर्ने पहाडीको भनाइ छ । ‘राजनीतिक दलका विद्यार्थी संगठनलाई योभन्दा झापड के हो ? देश र जनताका लागि केही गरौँ भन्ने मान्छे सडकमा आएका छन् । आफ्नो नालायकीपन र भ्रष्टचारलाई  छोप्नका लागि यी युवामाथि आरोप प्रत्यारोप गरिन्छ भने भयानक विद्रोह फुट्न सक्छ । सरकारले चितुवा जस्तो आक्रमण गर्ने होइन । सरकारले अश्रृग्यास हानेर ६ महिना थुन्छु भनिरहेको छ । कसलाई थुन्ने ? कति जनालाई थुन्ने ?’ यतिबेला सरकारको प्रतिशोधात्मक र असहयोगात्मक चरित्र युवामाथि प्रस्फुटित भएको उनको बुझाइ छ ।

यता, पहाडी भन्छन्, ‘त्यसमा सरकारभन्दा पनि नालायक नेकपा भयो । नेकपाका पार्टी संगठन पनि फ्रिज भए । साथै लोतन्त्रका धाराहरु पक्षघात गरिए । परिणाम भ्याकुम सिर्जना भयो । नेकपाले निकास दिन सकेन ।’

उनको बुझाइमा यो भ्याकुममा नयाँ स्वतन्त्र समूहको जन्म हुन खोज्यो हो । पहाडीले भने, ‘त्यसमाथि दमन भयो भने परिणाम भयानक हुनसक्छ । त्यो मार्गमा सरकार जानुहुँदैन ।’

त्यस्तै, युवाको आन्दोलनले मुलुक सुधार र आफ्नो मागको सम्बोधन मात्र खोजेको आचार्य बताउँछन् । आचार्यले भने, ‘वाद–विवाद, जिन्दावाद–मुर्दावादको नारा पनि छोडौँ, सत्तामा को जाने कुरा पनि छोडौँ तर जो सत्तामा गए पनि मुलुक सुर्धिनुपर्यो, युवालाई सम्बोधन गर्नुपर्यो भन्ने नै उनीहरुको माग हो । उनका अनुसार प्रकारान्तरमा युवाले नेपालको राजनीतिमा हस्तक्षेप गर्न सक्छन् भन्ने यो गतिलो संकेत हो ।

युवाको आन्दोलनमाथि सरकारको दरवारिया शैली

युवाको आन्दोलनमा राजनीति घुस्यो भन्नु सिल्ली तर्क भएको श्रेष्ठले बताए । आफ्नो कमजारी ढाकछोप गर्न सरकार स्तरबाट यस्तो भाषा प्रयोग हुने गरेको उनेको बुझाइ छ । स्वाथ्यमन्त्री भानुभक्त ढकालले युवाको प्रदर्शनप्रति लक्षित गर्दै कोरोना भाइरसमा राजनीतिक भाइरस घुसेको कटाक्ष गरेका थिए ।

यता पहाडीका अनुसार भ्रष्ट स्वास्थ्यमन्त्री र नालायक अर्थमन्त्रीलाई नहटाउनुले विद्रोहको माहोल बनाएको बताए । पहाडीले भने, ‘दुई तिहाइको सरकार भ्रष्टचारका लागि लाइसेन्स भयो । लोकतन्त्र भनेको नालाकयहरुलाई सत्ता कब्जा गर्ने आधार भयो भने गणतन्त्र भनेको केही व्यक्तिलाई मोज गर्ने माध्यम पो रहेछ कि भन्ने जनतामा गलत सन्देश गयो ।’

राष्ट्रपति विरुद्ध लागेको नारा गणतन्त्र विरोधी नभए विद्यादेवी भण्डारीको गणतन्त्र विरोधी आचरणको विरोध भएको पहाडीले बताए ।

प्रधानमन्त्रीले दरवारिया चरित्र देखाएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजी पुराना दरवारिया जस्तो यो देश गणतन्त्र र लोकतन्त्रविरुदको षड्यन्त्र हो भन्दै दरवारिया नौटङ्की गर्न थाल्नु भयो । उनीहरुको विगतलाई हेर्दा बरु विद्यादेवी भण्डारी र केपी ओली मिलेर यो गणतन्त्रको प्राण हरण गर्ने माध्यम भइरहनु भएको त छैन ? मलाई शंका त्यो कुराको छ ।’ एउटा व्यक्तिको पछि लागेर नेकपा बन्दी बनेको पहाडीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप