संक्रमितको संख्या बढ्दा भारतको चेन्नइमा फेरि लकडाउन
संक्रमितहरुको संख्या बढ्दै गएपछि दक्षिण भारतीय शहर चेन्नईमा फेरि अत्यन्तै कडाइका साथ लकडाउन लगाइने भएको छ । १ करोड ५० लाख जनसंख्या भएको सो शहर तथा उसका आसपासका शहरहरुमा मा अगामी शुक्रबारदेखि लकडाउन लगाइँदैछ ।
तमिलनाडुका मुख्यमन्त्री एडाप्पाडी के पालनीस्वामीले एक वक्तव्य जारी गर्दै भनेको छन् ‘चेन्नई, तिरुभाल्लुर, चेङगालपेट र कान्चिपुरमा जिल्लाहरुमा १९ जुनदेखि पूर्ण लकडाउन हुनेछ ।’
उक्त लकडाउने पूरै जुन महिनाभरि लागु हुनेछ ।
लकडाउनको अवधिभर अटो, ट्याक्सी तथा निजी सवारी साधनहरुलाई आपतकालीन स्वास्थ्य प्रयोजनका लागि मात्रै प्रयोग गर्न अनुमति दिइनेछ । त्यसअवधिमा बैंकहरु ३३ प्रतिशत कर्मचारी राखेर सञ्चालन गरिनेछ । ग्रोसरी पसल, तरकारी बजार, पेट्रोल पम्प तोकिएको समयभरिका लागि मात्रै खोलिनेछ । होटेलहरु पाहुनाहरुलाई छोडेर जाने प्रयोजनका लागि मात्रै खोलिनेछ ।
तमिलनाडुको राजधानी चेन्नई यतिखेर भारतमा महाराष्ट्रपछि सबैभन्दा बढी संक्रमण फैलिएको शहर बनेको छ । भारतको यस दक्षिणी शहरमा ४४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । गत २४ घण्टायता ३८ जनाको निधन भइसकेको छ । यतिखेर (असार २ गते राति ११ः३० बजेसम्ममा) पूरै भारतभरिमा संक्रमितहरुको संख्या ३,३२,४२४ पुगिसकेको छ । सोही संक्रमणका कारण भारतभरिमा ९,५२० जनाको निधन भइसकेको छ ।
Title Photo: https://images.newindianexpress.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार