शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्तसिंहको दाहसंस्कारः बुवा र बहिनीहरुले दिए दागबत्ती

सोमबार, ०१ असार २०७७, २० : ०८
सोमबार, ०१ असार २०७७

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको दाहसंस्कार गरिएको छ । सोमबार मुम्बईको विले पार्ले घाटमा उनको दाहसंस्कार गरिएको हो । उनलाई बुवा केके सिंह र बहिनीहरुले दागबत्ती दिएका थिए ।

उनको दाहसंस्कारको क्रममा बलिउड अभिनेत्रीहरु कृति सैनन, श्रद्धा कपुर र अभिनेता राजकुमार राव, सुनिल शेट्टी, विवेक ओराँय वरुण शर्मा, अर्जुन बिजलानी र अन्य धेरै कलाकारहरुको उपस्थिति थियो । उनको अन्तिम संस्कारमा २५ जना सहभागी भएका थिए । सुशान्तको अस्तुलाई परिवारले पटना लगेर गंगामा विसर्जन गर्ने भएका छन् ।

पोष्टमार्टमपछि सुशान्तको शव कुपर अस्पतालमा राखिएको थियो । सोही अस्पतालबाट शवयात्रा गरिएको थियो । यद्यपि,परिवारले दाहसंस्कार पटनामा गर्न चाहेको थियो तर कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको सुशान्तका भाई निरजले बताए । सुशान्तको मृत शरीरको कोरोना परीक्षण समेत गरिएको थियो । परीक्षणको नतिजा नेगेटिभ आएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप