सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३८ करोडको बजेट (पूर्णपाठसहित)
सोमबार, ०१ असार २०७७, १९ : ०९
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि ३३ अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
बजेटमा सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिंचाई, ऊर्जा, तटबन्ध, पूर्वाधार विकासलगायतलाई प्राथमिकता दिइएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीतर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट बिनियोजन गरिएको बताए । सो बजेटमा पूर्वाधार विकास कोषका लागि पनि प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड रुपैयाँ पनि बिनियोजन गरिएको छ ।
बजेटको पूर्णपाठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा