हिमालय एयरलाइन्सले जून १६बाट उद्धार चार्टर्ड उडान गर्ने, कोभिड जाँच रिपोर्ट अनिवार्य (उडान तालिका सहित)

काठमाडौं– हिमालय एयरलाइन्सले यही जून १६ देखि २४ सम्म विभिन्न देशमा फसेका नेपालीहरुको उद्धारका लागि उडान भर्ने भएको छ । एयरलाइन्सले कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा फसेका नेपालीहरुलाई फिर्ता ल्याउन नेपाल सरकारको अनुमति र अधिकार पत्रको आधारमा यही जून १६ देखि जून २४ सम्म उद्धार चार्टर्ड उडान गर्ने भएको हो ।
सरकारले पहिलोपल्ट तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअरलाइन्सले तोकेको नयाँ भाडादर केहीमा नेपाल एअरलाइन्सभन्दा सस्तो छ भने केहीमा महंगो छ ।
एयरलाइन्सले कुन देशबाट कहिले उद्धार गर्ने र कहाँबाट टिकट खरिद गर्न सकिनेबारे मूल्य सूचिसहितको तालिका नै सार्वजनिक गरेको छ ।
नेपाल फर्कन चाहने यात्रुले कोभिड जाँच गरेको रिपोर्ट भने अनिवार्य पेश गर्नुपर्ने प्रावधान पनि एयरलाइन्सले राखेको छ । त्यसैगरी, नेपाल आइसकेपछि नेपाल सरकारले तोकेबमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पनि एयरलाइन्सले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
यहाँ हेर्नुस् कुन दिन कुन देशबाट उद्धार चार्टर्ड उडान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
-
रेशम चौधरी पक्राउपछि कार्यकर्ताको नाराबाजी (तस्बिरहरू)
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
रेशम पक्राउ परेपछि प्रज्ञामा नाराबाजी र अन्योल, तस्बिरहरू
-
‘मधेसी र थारु नमिलुन् भनेर रेशमलाई पक्राउ गरियो’
-
दीपेन्द्र ऐरी नेतृत्वको नेपाल पहेँलोले आसिफ शेख नेतृत्वको नेपाल हरियोलाई हरायो