बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूतमाथि मुकेश भट्टको टिप्पणी किन विवादमा ?

सोमबार, ०१ असार २०७७, १५ : २६
सोमबार, ०१ असार २०७७

३४ वर्षका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युलाई लिएर फिल्म निर्माता मुकेश भट्टको एक टिप्पणीबारे केन्द्रीय मन्त्री बाबुल सुप्रियोले आक्रोश व्यक्त गरेका छन् ।

आइतबार मुकेश भट्टले एक टेलिभिजन न्यूज च्यानल टाइम्स नाउसँग कुराकानी गर्दै सुशान्तलाई लिएर उनलाई पहिले नै आत्महत्या गर्न सक्ने आशंका रहेको बताएका छन् । उनले कार्यक्रममा सुशान्तलाई ‘बेचैन आत्मा’ पनि भनेका छन् ।

मुकेश भट्टले सुशान्तको आत्महत्यालाई लिएर आफू आश्चर्यचकित नभएको बताउँदै यसबारे आफूलाई पहिले नै आशंका रहेको जिकिर गरेका छन् । उनले आफ्नो भाइ तथा चलचित्र निर्माता महेश भट्टलाई पनि ‘यो केटा परवीन बाबीको बाटोमा अघि बढिरहेको’ कुरा भनेको पनि बताएका छन् ।

मुकेशका अनुसार सन् २०१२ मा आशिकी–२ तथा सडक–२ को बारेमा छलफल गर्न सुशान्त उनको अफिसमा आएका थिए । तर, छलफल सकारात्मक हुन सकेको थिएन ।

मुकेशले भने, ‘तब सुशान्त हाम्रो कम्पनीसँग काम गर्नका लागि निकै उत्साहित थिए । तर, कामको मितिलाई लिएर सहमति हुन सकेन । जब मैले सडक–२ बनाउने सोचे तब आलियाले पनि सुशान्तसँग काम गर्ने इच्छा व्यक्त गरिन् । त्यसको लागि सुशान्त फेरि एक पटक अफिस आएका थिए । त्यतिबेला सुशान्तसँग चलचित्र र जीवनको बारेमा धेरै बेर कुराकानी भएको थियो । त्यही कुराकानीको दौरान मलाई सुशान्त बेचैन आत्मा रहेको आभास भयो । मैले सुशान्तलाई हेरौँ कसरी अगाडि बढ्न सकिन्छ भनेर भनेको थिएँ । तर, त्यसमा पनि कुरा मिलेन । सुशान्त मलाई अस्थिर केटा लागेको थियो ।’

मुकेशले भने, ‘मैले करियरको सुरुवातमा परवीन बाबीसँग काम गरेको थिएँ । परवीन बाबी स्कीजोफ्रेनियाबाट पीडित थिइन् । जब मैले सुशान्तसँग भेटे मलाई लाग्यो कि ऊ पनि परवीन बाबीको बाटोमा अघि बढ्दै छन् । मैले यो पनि थाहा पाएँ कि ऊ मानसिक स्वास्थ्यलाई लिएर डाक्टरहरुको सम्पर्कमा थियो । मसँग उसको दुई–तीन पटक भेट भयो र मलाई ऊ अस्थिर लाग्यो । मैले उसलाई के तिमी ठीक छौ भनेर सोधेको पनि थिएँ । उसले सर सबै ठीक छ भनेर भनेको थियो ।’

मुकेश भट्टको कुराकानीको यो अंशको भिडियो रिट्वीट गर्दै मन्त्री बाबुल सुप्रियोले लेखेका छन्, ‘मुकेश भट्टी जी तपाईंको यो कुरा सुनेर म व्यथित छु । तपाईं मेरो मित्र हुनुहुन्छ तर तपाईं यति सजिलै कसरी भन्न सक्दै हुनुहुन्छ कि तपाईंलाई यो थाहा थियो र तपाईंलाई आश्चर्य भइरहेको छैन । तपाईंले व्यवसायिक कारणले सुशान्तलाई सडक–२ र आशिकी–२ मा अवसर दिनसक्नुभएन तर यो दुःखको कुरा छ कि तपाईं उसको पिताको उमेरको हुनुहुन्छ तर तपाईंले उसको मद्दत गर्नुभएन ।’

हेयर स्टाइलिस्ट सपना भवनानीले ट्वीटरमा सुशान्त, महेन्द्रसिंह धोनी र आफ्नो तस्वीर पोष्ट गर्दै लेखेकी छिन् कि सुशान्त समस्यासँग जुधिरहेका थिए । उनले लेखेकी छिन्, ‘यो कसैसँग लुकेको थिएन कि सुशान्त पछिल्लो केही वर्षदेखि अप्ठ्यारो समयबाट गुज्रिरहेका थिए । तर, सुशान्तको साथ कसैले पनि दिएनन् । मद्दतका लागि कोही पनि आएनन् । आज जो कोही पनि ट्वीट गरेर दुःख जताइरहेकोले देखाउँछ कि यो उद्योग कति रित्तो छ । यहाँ कोही पनि तपाईंको मित्र छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप