शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्तको आत्महत्यापछि दर्शकले सम्झिए ३४ वर्षमा मृत्युवरण गरेका तेलुगु फिल्मका नायक उदय किरण

सोमबार, ०१ असार २०७७, १३ : ५३
सोमबार, ०१ असार २०७७

सुशान्त सिंह राजपुतको आत्महत्यापछि दर्शकले तेलुगु फिल्मका दिवंगत अभिनेता उदय किरणलाई सम्झिएका छन् । उदय किरणले सन् २०१४ जनवरी ५ आइतबारका दिन आफ्नो फ्ल्याटमा पङ्खामा झुण्डिएर आत्महत्या गरेका थिए । उनी ३४ वर्षका थिए, ठ्याक्कै सुशान्त झैं ।

सुशान्तको आत्महत्या गरेको खबर सार्वजनिक भएपछि धेरैले आफ्नो दुःख व्यक्त गर्दै दिवंगत तेलेगु अभिनेताको स्मरण गरे । यी दुबैले निकै कम समयमा आत्महत्या गरे । आफूले काम गर्ने फिल्मी उद्योगमा उनका आफन्त कोही पनि थिएनन् । दुबै लामो समयदेखि डिप्रेशनसँग जुधिरहेको बताइन्छ ।

२६ जनवरी सन् १९८० मा जन्मिएका उदयले तेलुगु फिल्म ‘चित्ररम’ बाट सन् २००० मा आफ्नो करियरको सुरुवात गरेका थिए । उनले त्यसपछि नव्वु नेनु र मानसांथा नुव्वेजस्ता थुप्रै सफल फिल्ममा काम गरे । उनले पोई र पेन सिंगमजस्ता तमिल फिल्ममा पनि काम गरे ।

उनले सन् २०१२ मा विशितासँग विवाह गरेका थिए । सन् २००३ मा एक महिलासँग इन्गेजमेन्ट गरेपछि विवाह भने हुन सकेको थिए । उनको अन्तिम फिल्म ‘जय श्रीराम’ थियो ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप