तनहुँको विद्यालयले दियो आठ जनालाई बेतलबी बिदा
व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ ।
उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो ।
विद्यालयको आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी र अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ ।
निजी शिक्षिका मैयाँ दरैले देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको बताइन् । केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रु ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बताए ।
उनका अनुसार उनीहरुलाई चैतसम्मको तलब खुवाई त्यसपछि सहज परिस्थिति भएपछि पुन जागीरमा समावेश गराउने निर्णयानुरुप हाललाई बेतलबी बिदामा राखिएको हो । उक्त विद्यालयमा हाल करीब चार सय विद्यार्थी र ३२ शिक्षकशिक्षिका छन् ।
सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक एवं कर्मचारीका लागि नगरपालिकाको कुनै सहयोग नरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा