बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुर दुर्घटनाः ट्याङ्करको ठक्करले महिलाको ज्यान गयो, बाइक अनियन्त्रित भई किशोरको मृत्यु

सोमबार, ०१ असार २०७७, ०९ : १६
सोमबार, ०१ असार २०७७

फरक–फरक सडक दुर्घटनामा परेर भक्तपुरमा एक महिला र एक किशोरको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विहिबार करिब १ बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठक्किँदा दुर्घटना भएको थियो ।

सो घटनामा परेर स्कुटी पछाडी सवार काठमाडौ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षकी लक्ष्मी कार्की गम्भिर घाईते भई नेपाल कोरिया मैत्री अस्पताल ठिमी लगिएको परिसरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कार्कीलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागी सोही दिन अन्नपुर्ण न्युरो अस्पताल रिफर गरी उपचार भईरहेकोमा हिजो आईतबार राती ८ बजे मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङ्करका चालक रामेछाप जिल्ला मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत ठिमी भक्तपुरले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी डिएसपी गिरीले बताए ।

त्यसैगरि आइतबार साँझ भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक भत्केकोपाटीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

खरिपाटी बाट कमलविनायक तर्फ आउँदै गरेको बा ९५ प १४५५ नं को मोटर साइकल आफै अनियन्त्रीत भई सडकको नालीमा खस्न गई दुर्घटना भएको हो ।

सो दुर्घटनामा परेर भक्तपुर न.पा. १० कमलविनायक बस्ने वर्ष १७ को रन्जित माहाजुको उपचारको क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा गएराती नै मृत्यु भएको सूचना अधिकारी डिएसपी गिरीले बताए ।

उक्त मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप